साल्जबर्ग फुटबल क्लब सातौं पटक अस्ट्रिया कप विजेता

डिसी नेपाल
१८ जेठ २०७७ १२:०३

काठमाडौं । खेलक्षेत्र बिस्तारै कोरोनाभाइरसको त्रास बिच ट्र्याकमा फर्कँदैछ। शनिबार अष्ट्रिया कप फुटबल प्रतियोगिताको फाइनल कोरोना त्रासकै बिचमा समपन्न भएको छ । प्रतियागितामा रेड बुल साल्जबर्गले सातौं पटक अस्ट्रिया कपको उपाधि जित्न सफल भएको छ । फाइनलमा साल्जबर्गले अष्ट्रिया लुस्टेनौलाई ५–० ले पराजित गर्दे उपाधि हातपार्न सफल भएको हो । खेल दर्शकविना खेलाइएको थियो।

लकडाउन पछि रेडबुल साल्जबर्गको यो पहिलो खेल थियो। साल्जबर्गले खेलको सुरुदेखि नै विपक्षीमाथि प्रभुत्व जमाउदै पहिलो हाफमै २० ले अग्रता लिएको थियो। दोस्रो हाफमा पनि टोलीले प्रभुत्व जारी राख्दै थप तिन गोल गर्यो। लुस्टनौले खेलमा फर्कने कोशिश गरेपनि गोल अन्तर पनि कम गर्न सकेन र अन्ततः साल्जबर्गले खेल ५–० ले जित्यो।

फाइनल जितेपछि साल्जबर्गका खेलाडीहरूले सामाजिक दूरीका नियमहरू पालना गरेर खुसीयालि मनाए। साथै रनर अप भएको टोलीका खेलाडीहरुलाई पनि मेडल लगाईएन, उनीहरु आफैंले मेडल लगाए ।

साल्जबर्ग टोलीका प्रशिक्षक जैसे मार्सको लागि पनि यो जित ऐतिहासिक रहयो। किनभने मार्श युरोपियन ट्रफी जित्ने पहिलो अमेरिकी प्रशिक्षक हुन्। मार्श यसभन्दा पहिले न्यूयोर्क रेड बुलको प्रशिक्षक थिए र उनी अमेरिकामा जन्मिएका हुन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *