नारायण क्याम्पस क्वारेन्टाइनमा रहेकाहरु भागेका छैनन् : सहायक प्रमुख जिल्ला अधिकारी

डिसी नेपाल
१९ जेठ २०७७ २०:०५

काठमाडौं । दैलेखको नारायण क्याम्पस क्वारेन्टाइमा रहेकाहरु कोही पनि नभागेको सहायक प्रमुख जिल्ला अधिकारी इन्द्र बहादुर क्षेत्रीले बताएका छन्। सञ्चार माध्याममा आएको समाचार साँचो नभएका भन्दै उनले क्वारेन्टाइमा बस्नेमध्ये ३४ जनामा कोरोना पोजेटिभ भएको पुष्टि गरे।

डिसी नेपालसँग कुरा गर्दै उनले भने, ‘क्वारेन्टाइमा बस्नेहरु अलि उदण्ड छन्। तर, भागेका हैनन्। १० हजार ७९ जना भारतबाट दैलेख आएका छन्। व्यवस्थापनमा समस्या त भएको छ। म भरखरै त्यहीबाट आउँदै छु।’

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पठाइएको स्वाब मध्ये ३४ जनाको रिपोर्ट पोजेटिभ आएको उनले बताए। ‘स्वाब संकलन गरेर जुम्ला पठाएका थियौं। त्यसमध्ये ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। हामीले उहाँहरुलाई अलग राखेका छौं। आउने क्रम जारी भएका कारण क्वारेन्टाइनको व्यवस्थापनमा समस्या भएको छ।’

दैलेखबाट कामको सिलशिलामा भारत गएकाहरु एकै पटक आउन थालेपछि दैलेखमा क्वारेन्टाइनको व्यवस्थापनमा समस्या सृजना भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *