विदेशमा रोकिएका नेपालीकाे शव ल्याउने तयारी
काठमाडौँ।सरकारले कोभिड १९ का कारण स्वदेश र विदेशमा अन्तर्राष्ट्रिय उडान बन्द भएका बेला विदेशमा रोकिएका शव ल्याउने निर्णय गरेको छ।
सरकारले विदेशमा समस्यामा परेका नेपाली श्रमिकलाई ल्याउन चार्टर्ड उडान गरेका बेला विभिन्न देशमा रोकिएका शव पनि ल्याउने निर्णय गरिएको हो। कोभिड १९ का कारण उत्पन्न असहज परिस्थितिमा नेपाल ल्याउनैपर्ने अवस्थामा रहेका नेपालीलाई स्वदेश आउन सहजीकरण गर्ने नीतिअनुरूप जहाज चार्टर्ड भएका बेला अलपत्र शव पनि ल्याउने व्यवस्था परराष्ट्र मन्त्रालय र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मिलाउनुपर्ने उल्लेख छ।
शव ल्याउन लाग्ने खर्च सम्बन्धित रोजगारदाताले बेर्होनुपर्ने छ तर विशेष परिस्थितिमा शव ल्याउँदा लाग्ने खर्च वैदेशिक रोजगार कल्याणकारी कोषबाट खर्च गर्न सकिने भनिएको छ। वैदेशिक रोजगार बोर्डका अनुसार बन्दाबन्दी (लकडाउन)को अवधिमा कोरोनासहित अन्य कारणले खाडीका छ एवं मलेसिया, दक्षिण कोरियालगायतका देशमा कार्यरत २२७ जना नेपालीको ज्यान गएको जनाएको छ। गोरखापत्र दैनिकबाट
No ads found for this position


डिसी नेपाल
Facebook Comment