मुगुमा ८ करोडको लागतमा बन्ने सभाहल र कबडहलको शिलान्यास

डिसी नेपाल
२१ जेठ २०७७ २०:४१

काठमाडौं । मुगु जिल्ला छायाँनाथ रारानगरपालिका वडा नं २ ठिनीमा सभाहल र कभडहल निर्माण हुने भएको छ । बुधवार छायाँनाथरारा नगरपालिकाका नगर प्रमुख हरिजङ्ग शाहीले एक कार्यक्रमकाबीच उक्त भवनको शिलान्यास गरेका छन् ।
बहुवर्षे आयोजनाको रुपमा रहेको छ। उक्त हल निर्माण स्थल भिरालो जमिन भएकाले पहिलो चरणमा सर्पोटवालसहित फिल्ड निर्माण गर्ने, कार्यका थालनी गरिएको छ ।

त्यसपछि भवनको निर्माण कार्यको थालनी गरिने बताईएको छ । र सम्पुर्ण कामका लागि नगरपालिकाको ८ करोड रुपयाँ लागत रहेको नगर प्रमुख हरिजङ्ग शाहील बताए । कुल ४० मिटर लम्वाई र ४० मिटर चौडाइमा भवन बन्ने नगरपालिकाले जनाइको छ ।
पहिलो चरणमा पक्की सर्पोट वाल सहति फिल्ड निर्माणका लागि २२ लाख ५९ हजार ८ सय ८२ रुपयाँ बराबरको जनश्रमदान सहित जम्मा ९२ लाख ५९ हजार ८ सय ८२ रुपयाँ बराबरको स्थानीय उपभोत्ता समितिमार्फत काम गर्न लागिएको उपभोक्ता समितिका अध्यक्ष तिर्थराज चौंलागाईले जानकारी दिए । बाँकी ७ करोड ७४ लाख १ सय १८ रुपयाँ बोलपत्र मार्फत सभा र कभड हल २०७८ साल पुषमा सम्पन्न हुने बताईएको छ ।

मुगु जिल्लामा हाल सम्म कुनै पनि सभा र कभड हल नहुँदा जिल्लाका बिभिन्न सरकारी तथा गैरसरकारी निकायले आयोजना गरिने बिभिन्न कार्यक्रम सन्चालन गर्न समस्या हुदै आएको थियो । यसका साथै कभडहल नहुँदा जिल्लाका खेलाडी समेत बिभिन्न खेल खेल्न बाट बन्चित हुदै आएका थिए
नगर क्षेत्र भित्र बहुउदेसिय भवन बन्ने भएपछि स्थानिय खेलाडीहरु खुशी भएका छन । बिगतका दिनहरुमा जिल्लाले आयोजना गर्ने बिभिन्न कार्यक्रमहरु नगरपालिका स्थित श्री महाकाली नमुना माध्यमिक बिद्यालयको प्राङ्गणमा सन्चालन गरिदा त्यहाँको संरचनामा क्षति पुग्ने र त्यहाँ अध्यनरत बिद्यार्थीहरुको पढाइमा समेत कहिले कही बाधा हुने गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *