मुगुमा कोरोना पुष्टि भएपछि हेल्थ डेक्समा थप कडाइ
मुगु। हिमाली जिल्ला मुगुमा पहिलो कोरोना संक्रमित देखा परेपछि रारामा रहेको हेल्प नेपाल नेटवर्कको हेल्थ डेक्समा सतर्कता अपनाइएको छ। गत वैशाखबाट संचालनमा रहेको हेल्थ डेक्स हेल्प नेपाल नेटवर्क हेल्थ पोस्ट र छायानाथ नगरपालिकाको सहकार्यमा संचालनमा हरेको छ।
मुगु खत्याड गाउँपालिका–२ का २७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएसँगै चेक जाँचमा थप कडाइ पारेको हेल्थ पोस्ट प्रमुख किरण रावलले बताए।
खत्याड गाउँपालिका र छायानाथ नगरपालिकाबीचमा जोखिमपूर्ण अवस्थामा रहेका कारण उच्च सतर्कता अपनाउनु परेको हेल्थ पोस्ट लेखा प्रमुख रामाइली रावलले जानकारी दिइन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment