कतारमा ४ चरणमा लकडाउन खोलिँदै, यही सोमबारदेखि खोल्न सुरु गरिने

डिसी नेपाल
२७ जेठ २०७७ १०:३३

काठमाडौं। कतारले ४ चरणमा लकडाउन खोल्ने भएको छ । यही जून १५ तारिख सोमबारदेखि लकडाउन खोल्न सुरु गरिनेछ । विपद व्यवस्थापन सर्वोच्च समितिका प्रवक्ता लोल्वाह राशिद अख्तरले सोमबार एक पत्रकार सम्मेलनमा यसको जानकारी दिएको गल्फ टाइम्सले लेखेको छ । उनले पूर्व सावधानीका उपायहरुले परिस्थितिलाई प्रभावकारी रुपमा व्यवस्थापन गर्न सफल भएको बताइन् ।

लकडाउन खुकुलो पार्न जून १५ देखि सुरु गरिनेछ । पहिलो चरणमा मस्जिदहरु खुल्नेछन् । दोस्रो चरण जुलाइ १ देखि लागू हुनेछ । तेस्रो चरण अगष्ट १ र चौथो चरण सेप्टेम्बर १ बाट लागू हुनेछ । दोस्रो चरणदेखि सानो परिमाणमा मानिसहरु जम्मा हुन दिइनेछ । दोसे चरणमा बढीमा १० जनासम्म जम्मा हुन पाइनेछ । तेस्रो चरणमा ४० जनासम्म जम्मा हुन दिइनेछ र चौथो चरणमा विवाह समारोह समेत आयोजना गर्न पाइनेछ ।

पहिलो चरणमा मस्जिदहरु खोलिनेछ तर शुक्रबारको प्रर्थनाको अनुमति भने दिइने छैन । यो चरणमा निजी डुंगाहरु पनि प्रयोग गर्न पाइनेछ । दोहाबाहिर अत्यन्तै जरुरी उडानको मात्र अनुमति दिइनेछ । दोहा फर्किंदा यात्रु २ हप्ताको होटल क्वारेन्टाइनमा बस्नुपर्नेछ र होटल खर्च यात्रुकै हुनेछ । पहिलो चरणमा पसल र शपिङ मलहरु आंशिक रुपमा खुल्नेछन् । कम्तीमा ३०० वर्गमिटर क्षेत्रफल भएका पसल खोल्न पाइनेछन् । मलहरुमा कूल षमताको ३० प्रतिशत भन्दा बढी मानिस जम्मा हुन पाइने छैन । कम्पनीहरुले २० प्रतिशत कामदारलाई काममा बोलाउन पाउनेछन् ।

जुलाइ १ देखि दोस्रो चरण लागू हुनेछ । दोस्रो चरणमा सबै पार्क, समुद्र किनार र क्रोनिकलहरु खोलिनेछन् । यो चरणमा निश्चित समय र क्षमता लागू गर्दै मलहरु खुल्नेछन् । निश्चित संख्यासहित रेष्टुरेण्ट पनि खोल्न पाइनेछ । संग्रहालय र पुस्तकालय पनि निश्चित समय र क्षमतामा खुल्नेछन् । बढीमा १० जनासम्मको परिवारको लागि याटहरु भाडामा दिन पनि पाइनेछ भने बढीमा १० जनासम्मको समूहमा बाहिर खुला ठाउँमा प्रोफेनल ट्रेनिङको अनुमति पनि दिइनेछ । निजी स्वास्थ्य संस्थाले क्षमताको ६० प्रतिशतमा स.चालन हुन पाउनेछन् भने कम्पनीहरुमा ५० प्रतिशत कामदार काममा आउन पाउनेछन् ।

अगष्ट १ देखि तेस्रो चरण लागू हुनेछ । तेस्रो चरणमा ५४ मस्जिदहरुमा शुक्रबारको प्रार्थना गर्न पनि अनुमति दिइनेछ । कम जोखिमका उडानहरुसँग ड्राइभिङ स्कुल पनि संचालन हुनेछन् । मलहरु पूर्ण समय खुल्नेछन् । क्षमता केही बढाएर रेष्टुरेण्टहरु निश्चित समय खोल्न पाइनेछ । हेल्थ क्लव, जिम, स्विमङ पुल, ब्युटी मसाज पार्लर हेयर ड्रेसरहरु ५० प्रतिशत क्षमतासहित खोल्न पाइनेछन् । नर्सरी र चाइल्डकेयरहरु खुल्नेछन्, निजी स्वास्थ्य संस्थाहरु ८० प्रतिशत क्षमतासहित खुल्नेछन् भने कम्पनहिरुमा पनि ८० प्रतिशत कर्मचारी काममा जान सक्नेछन् ।

सेप्टेम्बर १ देखि चौथो चरण सुरु हुनेछ र मस्जिदहरु सबैजसो खुला हुनेछन् । व्यवसायिक जमघट, ट्रेड शो सम्मेलनहरुलाई अनुमति दिइनेछ । सावधानीका उपायहरु अपनाउँदै सिनेमासहित मनोरञ्जन क्षेत्र पनि खुला हुनेछ । दोहा मेट्रो र सार्वजनिक बस पनि संचालन हुनेछ । उडान भने स्वास्थ्य मन्त्रालयको सुझावअनुसार संचालन हुनेछ ।




प्रतिक्रिया

One thought on “कतारमा ४ चरणमा लकडाउन खोलिँदै, यही सोमबारदेखि खोल्न सुरु गरिने

Leave a Reply

Your email address will not be published. Required fields are marked *