मलेसियाबाट नेपाल फर्कन महंगो भएको भन्दै दुई दर्जन संस्थाद्वारा दूतावासकाे ध्यानाकर्षण

डिसी नेपाल
३० जेठ २०७७ २२:०३

क्वालालम्पुर । मलेसियामा अलपत्र परेका नेपाली नागरिकहरुलाई स्वदेश फर्काउन भन्दै सरकारले तीन गुणा बढि भाडा दर तोकेपछि मलेसियास्थित दुई दर्जन संघ संस्थाद्वारा संयुक्तरुपमा नेपाली राजदुत उदयराज पाण्डेलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

उक्त कार्यक्रममा गैरआवासीय नेपाली संघ मलेसियाका महासचिव हेमराज सापकोटाले ध्यानाकर्षण पत्र राजदुत उदयराज पाण्डेलाई बुझाएका थिए । नेपाल सरकारले अलपत्र परेका श्रमिकको उद्धारको वहानामा अत्याधिक महंगो भाडा दर असुलेर व्यापार गर्न खोजेको बारे गम्भीर ध्यानाकर्षण भएको र उक्त निर्णय फिर्ता लिएर श्रमिकहरुलाई सहज र सुलभ तरिकाले स्वदेश फर्काउन ध्यानाकर्षण पत्र मार्फत माग गरिएको छ।

साथै राजदुत पाण्डेले पत्र ग्रहण गर्दै चार्टड गर्दा भाडा दर महंगो पर्ने भएकोले व्यवसायीक फ्लाईट संचालन गर्न नेपाल सरकारलाई पत्रचार गरेको तर त्यस कुराको सुनुवाइ नभई नेपाल सरकारले गरेको निर्णयले श्रमिकहरु मारमा पर्ने बिकल्पको खोजीमा रहेको बताए । सरकारले तोकेको भन्दा बाहेक २७ वटा फ्लाईट चार्टड गर्न पाउने ब्याबस्था भएकोले नेपाली दुतावास ओमनले जसरी नै सहुलियत मुल्यमा प्लेन चार्टड गर्ने प्रयासमा रहको पनि उनले बताए ।

‘मलेसियाबाट नेपाल फर्कन अधिकांशले मालिन्डो एयरलाइन्सको टिकट काटेको पाईएकोले मालिन्डोसंग छलफल अघि बढाएका छौँ । यदि मालिन्डोसंग सहमति भएमा सस्तोमा नेपाली नागरिक स्वदेश फर्कन पाउनेछ तर निर्णय आईसकेको छैन’ राजदुत पाण्डेले भने। ‘सस्तो भाडा दरको प्लेन चार्टड नभएमा केही दिन पर्खनुस जुलाई १ तारीख देखि व्यावसायीक फ्लाईट संचालन हुन सक्ने सम्भाबना छ । बरु खाद्यानको समया भए दुतावास तथा संघसंस्था संग राहत मगाउनुस’ राजदुत पाण्डेले थपे ।

गैरआवासीय नेपाली संघ, जनसम्पर्क समिति, जन उद्धार केन्द्र, नेपाल आदिवासी जनजाति महासंघ, नेपाली मजदुर एकता समाज, नेपाल ब्यबसायी समाज, नेपाली समाज, प्रवासी नेपाली एकता समाज, नेपाल तामाङ घेदुङ, नेपाल मगर संघ, किरातराई यायोक्खा, थारू सेवा समाज, नेपाल तामाङ कलाकार संघ, साहित्य चौतारी, उदाउदो तारा साहित्य समाज, नेपाली कलाकार संघ, किराँत याक्थुम चुम्लुङ, सुदिर पश्चिमेली नेपाली समाज, क्लान एसोसिएसन, पिएनसिसि, बैदेशिक रोजगार ब्यबसायी संघ र नेपाल तमु समाज लगायत २४ वटा मलेसियामा सक्रिय संघसंस्थाले संयुक्तरूपमा ध्यानाकर्षण पत्र बुझाएका हुन् । यस कार्यक्रममा विभिन्न संघसंस्थाको प्रतिनिधिहरुले समसामयिक बिषयमा आफ्नो धारणा र सुझाव पनि दिएका थिए ।

नेपाल सरकारको निर्णय अनुसार मलेसियाबाट नेपालको लागि ५२० अमेरिकी डलर (करिब ६३ हजार रुपैयाँ) भाडा निर्धारण भएको छ। यो भाडा दर नियमित उडानको भन्दा ३ गुणा बढि हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *