जापानमा मिनी ट्रकको ठक्करबाट एक नेपालीको मृत्यु

डिसी नेपाल
३२ जेठ २०७७ ९:०३

टोकियो । जापानमा मिनी ट्रकको ठक्करबाट एक नेपाली चेलीको मृत्यु भएको छ।

जापानको योक्काईचीमा कामबाट फर्कने क्रममा आज बिहान ७ बजे (जापानी समयअनुसार) मिनी ट्रकको ठक्करबाट नेपाली चेली सुजाता बास्तोलाको मृत्यु भएको हो । घटनापश्चात अस्पताल लैजाँदै गर्दा सुजाताकाे मृत्यु भएको परिवार निकट स्रोतले जनाएको छ ।

नेपालमा पोखरा स्थायी घर भएकी उनी  छ महिना अघि डिपेण्डेन्ट भीषामा जापान आएकी थिइन् ।

हाल बास्तोलाको शव योक्काईची नगरपालिका अस्पतालमा राखिएको र पोष्ट मार्टमपछि अन्तिम संस्कार र ट्रकलाई कारवाही अगाडि बढाइने बताइएको छ ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *