अमेरिकावासी झापालीहरुद्धारा जिल्लालाई एम्बुलेन्स सहयोग

डिसी नेपाल
३२ जेठ २०७७ १०:४२

वासिङ्टन डिसी, अमेरिका । संयुक्त राज्य अमेरिकामा बसोवास गर्दै आएका झापालीहरुले जिल्लालाई एम्बुलेन्स सहयोग गरेका छन् ।झापाली समाज युएसएले झापामाको केचनाकवल गाउँपालिका र झापा गाउँपालिकालाई एक–एक गरी दुईवटा एम्बुलेन्स सहयोग गरेको हो।

समाजले नेपाल रेडक्रस सोसाईटी शरणामति उपशाखासँग साझेदारीमा सन्चालन गर्नेगरी २ वटा एम्बुलेन्स खरिद गर्नका लागि रु दश लाख पचास हजार उपलब्ध गराएको हो । एम्बुलेन्स किन्न लाग्ने बाँकी पचास प्रतिशत रकम गाउँपालिका र रेडक्रशले पाँच लाख पच्चिस हजारका दरले उपलब्ध गराएका हुन्।

समाजले विशेष कार्यक्रम गरेर एम्बुलेन्स हस्तान्तरण गर्ने योजना बनाएको भएपनि कोरनाको संक्रमणका कारण बिना कार्यक्रम नै एम्बुलेन्स हस्तान्तरण गरेको छ । एम्बुलेन्सबाट जिल्लावासीले सेवा समेत लिन थालिसकेका छन् । यस पून्य कार्यमा सहयोग गर्ने सम्पुर्ण सहयोगी मनहरुलाई समाज र जिल्लावासीहरुले धन्यवाद दिएका छन् ।

कोरोना प्रकोपको समयमा एम्बुलेन्सले धेरै सहयोग पुगेको रेडक्रस शरणामती उपशाखाका अध्यक्ष केसव बजगाईले बताएका छन् । अहिले केचनाकवलमा झापाकै सबैभन्दा बढी कोरोना संक्रमित छन् ।

यस्तै अन्तराष्ट्रिय झापाली समाज (अझास) ले जिल्लालाई कोरोना परीक्षण ल्याव पनि सहयोग गर्ने घोषणा गरिसकेको छ । झापाली समाज युएसएले पनि परीक्षण केन्द्रका लागि ल्याब किन्न आर्थिक सहयोग गर्ने अध्यक्ष मुकुन्द ढुङ्गानाले बताए ।

अध्यक्ष ढुङ्गानाले ल्याव खरिदका लागि (अझास) ले गो-फन्ड मार्फत आर्थिक सहयोग अभियान शुरु गरेको बताउँदै सबै अमेरिकावासी नेपालीहरुसँग सहयोगका लागि अपिल गरेका छन् ।

ढुङ्गानाका अनुसार ७२ जना नेपालीले एम्बुलेन्स खरिदका लागि आर्थिक सहयोग गरेका थिए । सहयोग गर्नेहरुमा अध्यक्ष मुकुन्द ढुँगाना ५०० डलर, यमुना भट्टराई ५००, गोकुल पौडेल ४००, शंभु ढुँगाना २००, डिल्ली थापा २०१, राजेन्द्र शिवाकोटी २००, नीलम विमली १५१, लक्ष्मण गड्तौला १००, अनिल ओली १०१, भक्त थापा १००, हेमराज भट्ट १०१, कृष्ण कोइराला १०३, झमक निरौला १०३, बद्री ओली १००, देवि प्रसाद बास्कोटा १००, शान्ति राम ढकाल १००, सोनु ढकाल १००, खगेन्द्र अधिकारी १११, मेदनी अधिकारी १००, पर्शुराम ढकाल १००, प्रदीप तिम्सिना १००, टिका पौडेल १००, तिलक पौडेल १००, गीता प्रसाद विमली १००, यम सिटौला १५० र मदन पाठकले १०० डलर सहयोग गरेका छन् ।

त्यस्तै, डा. दिनेश मैनाली १०० डलर, बादल भुजेल १५१, वेद राज बस्नेत १००, नारायण अधिकारी १००, कृष्ण खतिवडा १००, नविन पोखरेल १००, नारायण श्रेष्ठ १००, सरु श्रेष्ठ १००, राजेन्द्र निर्मल दाहाल २०१, सीता पाण्डेय १००, सविता ओली १००, गीता शिवाकोटी १००, कविन्द्र सिटौला १००, युवराज ओली १००, अर्जुन ढुँगेल १०१, सूर्य प्रसाई १००, आरोन गर्डनेर २००, मोहन कुमार उप्रेती १००, प्रविन खड्का १००, मनिष पोखरेल १००, डा. मदन उप्रेती १००, राम कुमार र शारदा विमली ११५, कुवेर सिटौला १००, प्रेम संग्रौला १००, चक्रपाणि मिश्र १०३, मदन शिवाकोटी १००, भेष राज मैनाली १००, अग्नी प्रसाद र इन्दिरा देवी संग्रौला १०१ तथा प्रशन्न संग्रौला र सुशीला ढुँगेलले १०१ अमेरिकी डलर सहयोग गरेका छन् ।

त्यस्तैगरी, सुरेश अधिकारी १००, रमेश खनाल १००, लीला खतिवडा १०५, शम्भु आचार्य १०१, प्रो. डा. गोपी उप्रेती १००, लेखनाथ भण्डारी १०३, युवराज सिटौला २०५, ज्ञानेन्द्र ढकाल १०१, डम्मरु अधिकारी १००, खगेन्द्र ढकाल १००, अनोनमुस (फेयरफक्स) १००, शिव न्यौपाने १००, तुलसी प्रसाद ढकाल १०१, प्रदीप पराजुली १५१, नारायण पौडेल १००, अग्नी संजेल १००, लक्ष्मी न्यौपाने ५० र इन्दिरा ओझा घिमिरेले ५० अमेरिकी डलर सहयोग गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *