जनसम्पर्क समिति साउदीले बुझायो नेपाली दूतावासलाई ज्ञापनपत्र
साउदी अरेबिया । नेपाली जनसम्पर्क समिति साउदी अरबले कोभिट १९ बाट प्रभावित भई नेपाली श्रमीकहरुले भोग्नु परेका विभिन्न समस्याहरु बारे नेपाली दूतावास रियादलाई ज्ञापनपत्र बुझाएको छ ।
समितिले कोभिड १९ का कारण साउदी अरबमा कार्यरत धेरै नेपालीहरु संक्रमित भई ज्यान गुमाइसकेको र धेरै नेपालीहरुले कोरोनाकै कारण आफ्नो रोजगारी गुमाएको अवस्थामा रहेकाले खान बस्न समेत समस्या भएको भन्दै नेपाली दूतावास राउदी अरेबियालाई ज्ञापनपत्र बुझाएको हो ।
ज्ञापनपत्रमा भनिएको छ, नेपालीहरुलाई उद्दार गर्ने भनी चर्को भाडादर र अन्य विभिन्न सर्तहरु राखी नेपाल सरकारले विदेशमा रहेका पीडित नेपाली श्रमीकहरुलाई झन् पीडित बनाएको छ । सरकारले सार्बजनिक गरेको भाडादर पनि अलपत्रमा परेका नेपालीहरुको हिकहितमा नभएको भन्दै सहज तरिकाले समाधान खोजी साउदीमा रहेका पीडित नेपालीहरुको उद्धार गर्न आग्रह गरेको छ।
समितिले हालसम्म साउदीअरबमा कोरोना संक्रमित नेपालीहरु, उपचार भइरहेका, कोरोना निको भएका र कोरोनाबाट ज्यान गुमाउनेको यकिन तथ्याङ्क सार्वजनिक गर्न पनि माग गरको छ।
यस्तै, साउदीमा कोरोना संक्रमित भएर समयमा नै अस्पताल पुग्न नपाएका, कम्पनीले पनि बेवास्ता गरेका, बिमारी हुँदा यातायातको समस्याका कारण अस्पताल जान नपाएका सबै नेपालीहरुको कम्पनीमा दूतावासले कडा आवाज उठाई समस्या समाधान गर्न पनि माग गरेको छ।
यस्तो छ दूतावासको ज्ञापनपत्र

No ads found for this position

डिसी नेपाल
Facebook Comment