मलेसियाबाट पहिलो चरणमा ३ उडानमार्फत नेपाली ल्याइँदै, भाडा १५९० रिगेंट लाग्ने

डिसी नेपाल
३ असार २०७७ १५:२९

काठमाडौँ । कोरोना भाइरसको महामारीका कारण मलेसियामा समस्यामा परेका नेपालीहरुलाई स्वदेश ल्याउन पहिलो चरणमा ३ वटा उडान हुने भएका छन् ।

क्वलालम्पुरस्थित नेपाली राजदूतावासका अनुसार नेपाल एयरलाइन्सको एक उडान र हिमालय एयरलाइन्सका दुई उडानमार्फत पहिलो चरणमा नेपालीहरू स्वदेश फर्काइनेछ ।

दूतावासका अनुसार पहिलो उडान क्वालालम्पुर अन्तराष्ट्रिय विमानस्थलको टर्मिनल १ बाट १८ जुन बिहीबार स्थानीय समय अपरान्ह सबा ३ बजे हिमालय एयरलाइन्सले भर्नेछ। त्यस्तै दोस्रोे उडान २० जुन शनिबार स्थानीय समय अपरान्ह सबा ३ बजे नेपाल एयरलाइन्सले गर्नेछ। पहिलो चरणमा तय भएको तेस्रो उडान भने २१ जुन आइतबार स्थानीय समय अपरान्ह सबा ३ बजे हिमालय एयरलाइन्सले भर्नेछ।

३ वटै चार्टर जहाजमा सिट क्षमताअनुसार नेपालीहरुलाई स्वदेश फर्काइनेछ। यसरी फर्कनुपर्नेहरूले भाडा भने आफैं तिर्नुपर्नेछ। उनीहरुले भाडा १५९० मलेसियन रिंगेट अर्थात् ४५ हजार १ सय रुपैयाँ बुझाउनुपर्नै दूतावासले जनाएकाे छ ।

 

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *