ओमनबाट दोस्रो पटक ३७ महिलासहित १४७ नेपाली स्वदेश फर्किए

डिसी नेपाल
४ असार २०७७ १७:२७

काठमाडौँ । खाडीमुलुक ओमनबाट दोस्रो पटक ३७ महिलासहित १४७ जना नेपाली स्वदेश फर्किएका छन् । उनीहरु बिहीबार दिउँसो सलाम एयरको उडानबाट स्वदेश फर्किएको मस्कटस्थित नेपाली दूतावासले जनाएको छ ।

सलाम एयरको फ्लाइट नम्बर ओभी ४२७ जहाजबाट स्वदेश फर्किएका हुन् ।

उनीहरुलाई विदाइ गर्न राजदूत शर्मिला पराजुली ढकाल स्वयम मस्कट अन्तराष्ट्रिय विमानस्थल पुगेकी थिइन् ।

दूतावासको पहलमा सलाम एयरले नेपाल सरकारले तोकेको हवाइ भाडादर भन्दा सस्तो मुल्यमा नेपालीहरु काठमाडौँ ल्याउने गरेको छ ।

ओमनबाट हुने अर्को चार्टर उडानबारे चाँडै सूचना जारी गरिने दूतावासको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *