कोरोनाविरुद्धको लडाईँबारे नेपाल र बीआरआई को-अप्रेशन मुलुकका परराष्ट्रमन्त्रीबीच छलफल

डिसी नेपाल
४ असार २०७७ २२:१९

काठमाडौं। विश्वभर महामारीका रुपमा फैलिएको कोभिड १९ विरुद्धको लडाईँमा ऐक्यवद्धता र आपसी सहयोग बढाउने विषयमा बेल्ट एण्ड रोड इनिसियटिभ को अप्रेशन मुलुका विदेशमन्त्रीहरुबीच बिहीबार छलफल भएको छ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपालका तर्फबाट सो उच्चस्तरीय छलफलमा भाग लिएको परराष्ट्रमन्त्रालयले जानकारी दिएको छ। यो उच्च स्तरीय भिडियो कन्फ्रेन्सको समन्वय चीनले गरेको थियो। चीनका विदेशमन्त्री वांग यीले सहभागीता जनाएका थिए।

छलफलमा बीआरआईमा आवद्ध विभिन्न २६ मुलुकका प्रतिनिधि, विश्व स्वास्थ्य संगठनका प्रमुख, यूएनडीपीका प्रशासक पनि सहभागी थिए। छलफलमा कोभिड १९ विरुद्धको लडाईमा बीआरआईमा आवद्ध मुलुकहरु एकजुट भएर लाग्नुपर्ने विषयमा जोड दिइएको परराष्ट्र मन्त्रालयले जनाएको छ। बीआरआई आवद्ध राष्ट्रहरुबीच स्वास्थ्य सामाग्री सप्लाई गर्ने, सहयोग आदानप्रदान गर्ने विषयमा पनि सहमति भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *