रियल मड्रिडको भ्यालेन्सिया माथि ३–० को सहज जित

डिसी नेपाल
५ असार २०७७ १२:२३

काठमाडौं । स्पेनिस ला लिगाअन्तर्गत बिहीबार राति सम्पन्न खेलमा रियल मड्रिडले भ्यालेन्सिया माथि ३–० को सहज जित हात पारेको हो । जितसँगै रियल मड्रिड अङ्कतालिकाको शीर्ष स्थानमा रहेको बार्सिलोनाभन्दा दुई अङ्कले पछाडि परेको छ । सामान २९ खेलेको बार्सिलोनाले ६४ अङ्क बटुलेको छ । घरेलु मैदानमा सम्पन्न खेलमा रियल मड्रिडका लागि करिम बेञ्जेमाले दुई तथा मार्को एसेन्सियोले एक गोल गरे ।

पहिलो हाफमा आक्रामक हुन नसकेको रियलले दोस्रो हाफमा चुस्त प्रदर्शन गर्दै तीन गोल जोड्न सफल भयो । करिम बेञ्जेमाले ६१ औँ मिनेटमा गोल गर्दै रियललाई १–० को अग्रता दिलाए । रियलका लागि उनको यो २४३ औँ गोल हो । रियलका लागि फेरेन्स पुस्कासको गोल सङ्ख्यालाई बेञ्जेमाले उछिने ।

७४ औँ मिनेटमा मार्कोले गोल अन्तरलाई दोब्बर पार्दा १२ मिनेटपछि बेञ्जेमाले थप एक गोल गर्दै रियलले भ्यालेन्सियालाई स्तब्ध बनाउन पुग्यो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *