ओलम्पिकलाई सुरक्षित बनाउन जापान सरकार प्रतिवद्ध

डिसी नेपाल
५ असार २०७७ १५:२५

काठमाडौं । जापानका प्रधानमन्त्री सिञ्जो आवेले अर्को वर्ष गर्ने गरी तय भएको टोकियो ओलम्पिक हरहालतमा आयोजना हुने प्रतिवद्धता दोहोर्याएका छन ।

ओलम्पिकको आयोजना र कोभिड–१९ को प्रभाव विषयमा बोल्दै प्रधानमन्त्री आवेले टोकियो ओलम्पिकलाई सुरक्षित प्रतियोगिता बनाउन जापान सरकार प्रतिवद्ध रहेको पनि बताएका छन ।

कोभिड महामारी पछि अब पुनर्संरचना सहित जापानको नव निर्माण गरी अघी बढ्ने बेला आएको पनि उनले बताए ।

यसबर्ष जापानको टोकियोमा आयोजना हुने तय भएको ओलम्पिक प्रतियोगिता कोभिड महामारीका कारण एक बर्ष स्थगित गरिएको छ । तर अझैपनि प्रतियोगिताका सबै खेलहरु सुरक्षित रुपमा नै सम्पन्न हुनेमा द्विधा व्यक्त भइरहेका छन् ।

जापानले सुरक्षित प्रतियोगिताका लागि १२.६ अर्ब अमेरिकी डलर भन्दा बढी रकम खर्चगर्ने बताइएको भएपनि वास्तविक खर्च भने त्यसको दोब्बर हुने बताइएको छ ।

महामारीले निम्याएको संकटका समयमा त्यति धेरै रकम खर्च गरेर खेल प्रतियोगिता आयोजना गर्ने वा नगर्ने भन्ने बारेमा पनि बहस शुरु भएपछि प्रधानमन्त्री आवेले ओलम्पिक हुने बताएका हुन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *