खेलाडीका परिवारलाई आईओएफटीसीको राहत

डिसी नेपाल
५ असार २०७७ १५:५७

काठमाडौं। अमेरिकाको पोर्टल्यान्डमा मुख्यालय रहेको अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनसिप (आईओएफटीसी) ले काठमाडौं, ललितपुर र भक्तपुरका ५६ खेलाडी परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरेको छ ।

कोरानो भाइरस (कोभिड– १९) का कारण समस्यामा परेका उपत्यकाका तेक्वान्दो खेलाडीका परिवारलाई प्रति परिवार २ हजार २ सयका दरले खाद्यान्न उपलब्ध गराइएको हेल्प डेस्क टिम नेपालका संयोजक रामचन्द्र ब्यञ्जनकारले जनाएका छन् ।

आईओएफटीसीले कोरोना भाइरसका कारण समस्यामा परेका तेक्वान्दो खेलाडीलाई राहत प्रदान गर्न हेल्प डेस्क टिम नेपाललाई ८ लाख रुपैयाँ पठाएको थियो । उपत्यकासहित सातै प्रदेशमा कोरोना भाइरसका कारण ज्यादै समस्यामा परेका तेक्वान्दो खेलाडीलाई राहत प्रदान गर्न रकम पठाइएको हो । सातै प्रदेशमा पनि क्रमैसंग राहत वितरण गरिने संयोजक ब्यञ्जनकारले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *