कोरोनाको खोप छिटै तयार हुँदैछ : विश्व स्वास्थ्य संगठन
फाइल फाेटाे।
काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले यो वर्षको अन्त्यसम्म कोरोना भाइरसको खोप तयार हुने आशा व्यक्त गरेको छ। संगठनले डिसेम्बरसम्म कोरोना भाइरसका हजारौं डोज भ्याक्सिन तयार भइसक्ने बताएको छ। जसले निकै कमजोर र प्रभावित मानिसहरुलाई बचाउन सकिने छ।
कोरोना भाइरसको कुनै भ्याक्सिन हालसम्म बनेको छैन। तर, डब्ल्यूएचओकी वैज्ञानिक सौम्या स्वामीनाथनले संसारभर २०० भन्दा धेरै सम्भावनामा काम भइरहेको बताइन्। उनले यतिबेला १० वटा भ्याक्सिनको मानिसहरुमा परीक्षण भइरहेको बताइन्।
बीबीसीका अनुसार वैज्ञानिक सौम्याले खोप बनाउनु एक जटिल काम भएको भन्दै आफूहरुसँग कैयौं खोप रहेको बताएकी छन्। उनले एक पटक असफल भए पनि प्रयास जारी राख्नुपर्ने बताएकी छन्।
अर्को समाचारअनुसार चीनमा कोरोना भाइरसको करिब १० खोपमाथि अनुसन्धान भइरहेको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment