ब्राजिलमा फुटबल सुरुहुनु खतरा : रोनाल्डो

डिसी नेपाल
५ असार २०७७ १६:२५

काठमाडौं । कोरोनाभाइरस संक्रमणको सन्दर्भमा कुरा गर्दा ब्राजिल विश्वव्यापी रुपमा दोस्रो स्थानमा छ। यसको बाबजुद रियो दि जेनेरियोको सरकारले बिहीबार क्यारिओका फुटबल च्याम्पियनशिप शुरू गर्‍यो। तर ब्राजिलका फुटबलर रोनाल्डोले यसको लागि सरकारको आलोचना गरेका छन ।

रोनाल्डोले भने, “म देशको वर्तमान अवस्थालाई ध्यानमा राखी क्यारिओका र ब्राजिलमा फुटबलको फिर्ताको बिरूद्धमा छु। ब्राजिलले युरोपका अन्य देशहरुको नक्कल गर्दैछ। बाज्रिलले महामारीमा बारेमा ध्यान दिइरहेको छैन। यस्तो स्थितिमा यो प्रतियोगिता देशका लागि खतरनाक हुनसक्छ ।”

दुई पटकको विश्व कप विजेता रोनाल्डो स्पेनिश क्लब रियाल भालाडोलिडका मालिक हुन्। भाइरस कमजोर भएपछि र संक्रमण घटेपछि हामीले स्पेन च्याम्पियनसिप सुरु गरेको उनले बताए। उनले भने, “हामीसँग सुरक्षाको सबै साधनहरू छन्। मलाई लाग्छ ब्राजिलको स्थिति अहिले ठीक छैन। त्यहाँ फुटबलको बारेमा कुरा गर्नु पनि गलत हो ।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *