आयरल्यान्डका उप कप्तानमा पल स्टर्लिङ

डिसी नेपाल
५ असार २०७७ २०:१३

काठमाडौं । पल स्टर्लिङ लाई आयरल्यान्डको उप कपतानमा नियुक्त गरिएको छ । क्रिकेट आयरल्यान्डले शुक्रबार पल स्टर्लिङ उप कप्तानमा नियुक्त भएको जनाएको छ ।

स्टर्लिङले सन २००८ मा आयरल्यान्डको लागी अन्तराष्ट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । उनले आयरल्यान्डको लागी ११७ एकदिवसीय र ७८ टि २० अन्तराष्ट्रिय खेलेका छन । आयरल्यान्डले खेलेको ३ टेस्टमा पनि स्टर्लिङ टिममा रहेका थिए ।

टिमका कप्तान एन्ड्र्यू बलारबिनीले स्टर्लिुकको नियुक्तिमा खुशी व्यक्त गर्दै उनले सँधै स्टर्लिङ सँग खेलमा परामर्श लिएको बताए ।

क्रिकेट आयरल्यान्डले एन्ड्र्यूलाई उद्धृत गर्दै भन्यो, “जब उप कप्तानको कुरा आउँछ, म उनको नाम लिन हिचकिचाउँदिन। उनी यस्ता खेलाडी हुन जसबाट म सधैं आफ्नो ब्याटिङको परामर्श लिन्छु। उनलाई आउँदो केही वर्षको लागि मेरो सहायक कप्तान बनाउन पाउनु मेरो लागि राम्रो हुनेछ ।”

स्टर्लिले यसमा खुशी व्यक्त गर्दे भने, “एन्ड्र्यूको म उप कप्तान बन्न उपयुक्त भयो किनकि हामी बाल्यकालदेखि नै सँगै खेलेका हौं। म उनलाई मद्दत गर्न र टोलीलाई अगाडि बढाउन तयार छु ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *