विश्व महामारीको सबैभन्दा खतरनाक अवस्थामा : विश्व स्वास्थ्य संगठन
काठमाडौं। विश्वव्यवापी महामारीको रुप लिएको कोभिड १९ का कारण विश्व सबैभन्दा खतरनाक अवस्थामा प्रवेश गरेको विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको छ।
गएको जनवरीमा चीनको वुहानबाट फैलिएको कोराना भाइरस महामारी नयाँ र खतरनाक अवस्थामा प्रवेश गरेको संगठनले चेतावनी दिएको समाचार एजेन्सी एएफपीले जनाएको छ। हाल विश्वभर ८५ लाख १३ हजारभन्दा धेरै संक्रमित भएका छन् भने ४ लाख ५४ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ।
यो तथ्यांक हरेक मिनेटमा बढिरहेको छ। चीनपछि युरोपमा विध्वंश मच्चाएको कोरोनाले अहिले अमेरिकादेखि दक्षिण एशियासम्ममा नराम्रोसँग प्रभावित पारेको छ।
नेपालमा शुक्रबारमात्र संक्रमितको संख्या ८ हजार नाघेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment