विश्व महामारीको सबैभन्दा खतरनाक अवस्थामा : विश्व स्वास्थ्य संगठन

डिसी नेपाल
५ असार २०७७ २१:४२

काठमाडौं। विश्वव्यवापी महामारीको रुप लिएको कोभिड १९ का कारण विश्व सबैभन्दा खतरनाक अवस्थामा प्रवेश गरेको विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको छ।

गएको जनवरीमा चीनको वुहानबाट फैलिएको कोराना भाइरस महामारी नयाँ र खतरनाक अवस्थामा प्रवेश गरेको संगठनले चेतावनी दिएको समाचार एजेन्सी एएफपीले जनाएको छ। हाल विश्वभर ८५ लाख १३ हजारभन्दा धेरै संक्रमित भएका छन् भने ४ लाख ५४ हजारभन्दा धेरैको मृत्यु भइसकेको छ।

यो तथ्यांक हरेक मिनेटमा बढिरहेको छ। चीनपछि युरोपमा विध्वंश मच्चाएको कोरोनाले अहिले अमेरिकादेखि दक्षिण एशियासम्ममा नराम्रोसँग प्रभावित पारेको छ।

नेपालमा शुक्रबारमात्र संक्रमितको संख्या ८ हजार नाघेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *