स्वास्थ्य र सुरक्षा सामाग्री सहयोग

डिसी नेपाल
६ असार २०७७ १७:४९
4
Shares

मुगु। कोभिड– १९ बाट बिश्व जगत नै प्रभावित भएको बेला मुगु जिल्लामा कोरोना रोग बाट बच्नका लागि सहयोग पुगोस भन्ने उद्देश्यले नेपाल पत्रकार महाँसंघ कर्णाली प्रदेशले मुगु जिल्लाका स्थानीय सञ्चार कर्मीहरुलाई सेनिटाईजर, माक्स उपलब्ध गराएको छ ।

नेपाल फोटो पत्रकार महासंघ केन्द्रीय कार्यालयले १३ वटा प्रेस जकेट उपलब्ध गराएको छ । जिल्लामा उपलब्ध गराइएका प्रेस जकेटहरु फोटो पत्रकार महाँसंघका केन्द्रीय सदस्य राज बहादुर शाहीले नेपाल पत्रकार महाँसंघ मुगुका अध्यक्ष नृपेन्द्र बहादुर मल्ललाई आज गमगढीस्थित चन्दनाथ होटेलमा आयोजित एक कार्यक्रमका बिच हस्तान्तरण गरे। आजै अध्यक्ष मल्लले मुगु जिल्लाका कृयाशील पत्रकारहरुलाई एन ९५ माक्स, सेनिटाईजर लगायत जकेट बितरण गरे ।

बिश्व जगत नै कोरना भाईरसको महामारी बाट आक्रान्त बनेको परिपेक्षामा मुगु जस्तो दुर्गम जिल्लामा काम गर्ने पत्रकारहरुलाई थोरै भए पनि राहत स्वरुप स्वास्थ्य सामाग्रीहरु र प्रेस जकेटको ब्यबस्था भएपछि स्थानिय सञ्चारकर्मीहरु खुशी भएका छन् । फोटो पत्रकार महाँसंघ केन्द्रीय समिति र नेपाल पत्रकार महासंघ कर्णाली प्र्रदेस महासचिव दिपेन्द्र शर्माका पहलमा सुरक्षा सामाग्री उपलब्ध गराइएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *