ब्राइटनसँग आर्सनल पराजित

डिसी नेपाल
७ असार २०७७ १०:३५

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा ब्राइटन एण्ड होव अल्वियोनसँग आर्सनल पराजित भएको छ । अतिरिक्त समयमा ब्राइटनले गरेको गरेको गोलले आर्सनललाई स्तब्ध बनाएको हो । प्रिमियर लिगको पुनरागमनपछि लगातारको हारले आर्सनललाई च्याम्पियन्स लिगमा छनोटको बाटो कठिन बनाउनेछ ।

फाल्मेरमा शनिबार अबेर राति सम्पन्न खेलमा दुबै टोलिले निर्धारित समयमा १–१ को बराबरी खेल्यो । थप गरिएको पाँच मिनेटको अतिरिक्त समयमा नैल माउपेले उत्कृष्ट गोल गर्दै रेलिगेसनको जोखिममा रहेको ब्राइटनलाई महत्वपूर्ण जित दिलाए ।

माउपेले सिजनमा आफ्नो ९ औं गोल पुरा गरेका छन । निकोलास पेपेले ६८ औं मिनेटमा गोल गर्दै आर्सनललाई १–० को अग्रता दिलाए । सात मिनेट नबित्दै लेविस डङ्कले ब्राइटनका लागि बराबरी गोल गरे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *