नेपाल १०–१२ बर्षमा टेस्ट राष्ट्र बन्न सक्छ : पारस खडका (भिडियोसहित)

डिसी नेपाल
७ असार २०७७ १२:०२

काठमाडौं । नेपाल राष्ट्रिय क्रिकेट टोलीको पूर्व कप्तान पारस खडकाले नेपाल १०–१२ बर्षमा टेस्ट राष्ट्र बन्न सक्ने बताएका छन । पूर्व भारतीय खेलाडी तथा क्रिकेट विश्लेषक आकाश चोपडा संगको कुराकानीमा उनले यो कुरा बताएका हुन ।

पारसले सबैकुरा सम्भव भएमा २०३० सम्ममा नेपालले टेस्ट राष्ट्रको मान्यता पाउन सक्ने बताए । उनले नेपालले टेस्ट राष्ट्र बन्नमा आईसीसीले ल्याउने नियमहरुको साथै नेपाली क्रिकेटको घरेलु संरचनामा पनी भर पर्ने बताए । नेपाली क्रिकेटको सर्मथकहरु एसोसिएट राष्ट्रहरुमै उत्कृष्ट र केही टेस्ट राष्ट्रहरु भन्दा पनी राम्रो रहेको पारसको भनाई छ ।

हेर्नुहोस भिडियो :




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *