एलेक्स जनार्दीे टाउकोमा गम्भिर चोट लागेर कोमामा

डिसी नेपाल
७ असार २०७७ १२:५२

काठमाडौं । फरमूला वानका पूर्ब खेलाडी एवम् चार पटकका पारा ओलम्पिकका स्वर्ण पदक विजेता एलेक्स जनार्दीे टाउकोमा गम्भिर चोट लागेर कोमामा पुगेका छन् । २० वर्षअघि मोटर दौडको क्रममा दुर्घटना हुन जाँदा उनले दुबै खुट्टा गुमाएका थिए ।

साइक्लिङ्ग स्पर्धामा शुक्रबार दुर्घटना हुन जाँदा ५३ वर्षीय जनार्दीको टाउकोमा गम्भिर चोट लागेको हो । इटालीमा ‘ओबिएटिभो ट्राइकोलोर’ रिले दौडको क्रममा जनार्दीले हयाण्ड बाइक मेसिनमाथिको नियन्त्रण गुमाउनु पुगे । नियन्त्रण गुमाउन पुगेर उनले सेतो धर्का पार गर्दै विपरित दिशाबाट आउँदै गरेको ट्रकको सामना गर्नपुगे ।

ट्रकमा किचेर तात्कालै गम्भिर घाइते हुन पुगेका जनार्दीलाई एयर एम्बुलेन्सबाट सान्टा मारियाको साइनास्थित अल्ले स्कट्ट अस्पतालमा भर्ना गरिएको छ । करीब तीन घण्टासम्म टाउको शल्यक्रिया गरिएको छ । शल्यक्रियाको क्रममा जनार्दीको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जारी गरेको वक्तब्यमा उल्लेख गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *