भ्लालाडोलिडलाई पराजित गर्दै एट्लिटिको तेस्रो स्थानमा
काठमाडौं । एट्लिटिको म्याड्रिडले स्पेनिश ला लिगा अन्तर्गत कोरोनाको पछि फर्किएको पहिलो खेलमा भ्लालाडोलिडलाई पराजित गरेको छ। एट्लिटिको घरेलु मैदानमा भएको खेलमा भिट्टो माकिनले खेलको ८१ औं मिनेटमा गरेको एकमात्र गोल मार्फत भ्लालाडोलिडलाई १–० ले पराजित गर्यो ।
यो जितसँगै डिएगो सिमियोनको टिम सेविलालाई पछाडी पार्दै एट्लिटि अंक तालिकाको तेस्रो स्थानमा उक्लिन सफल भएको छ । दुबै टोलीका समान अंक भएपनि राम्रो गोल अन्तरको आधारमा एट्लिटि तेस्रो स्थानमा उक्लिन सफल भएको हो ।
बार्सिलोना अंक तालिकाको शीर्षमा रहदै रियल म्याड्रिडको बिरुद्ध ३ अंकको अग्रता लिएको छ। रियाल म्याड्रिडले आइतवारको खेलमा रियल सोसिदाडलाई पराजित गरेमा बार्सिलोना संग बराबरी गर्ने सम्भावना पनि रहेको छ ।
एट्लिटिकोले वान्डा मेट्रोपोलिटनो स्टेडियममा तिन महिना भन्दा पनि अधिक समयपछि भएको खेलमा कोरोना भाइरस महामारीको क्रममा मृत्युभएको पूर्व प्रशिक्षक राडोमिर एन्टिक, तीन पूर्व खेलाडी र एक १४ बर्षे युवालाई श्रद्धांजलि अर्पण गरेको थियो ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment