निरन्तर खराब प्रदर्शन पछि बेटिसका कोच टिम बाहिर

डिसी नेपाल
८ असार २०७७ १०:२८

काठमाडौं । कोविड १९ महामारीको कारण लगभग तीन महिनाको लागि स्थगित भएपछि पुनः शुरू भएको स्पेनिश लीग ला लीगामा लगातार तेस्रो खेलमा निराशाजनक प्रदर्शनका कारण प्रशिक्षक रुबीलाई रियल बेटिसले हटाएको छ। रियल बेटिसलाई एथलेटिक बिलबाओले १–० ले पराजित गरेपछि क्लबले आइतवार कोच हटाउने निर्णय गर्यो।

क्लबका अनुसार तत्काल टिमका पूर्व खिलाडी एलेक्सिस ट्रुजिलोले सीजनको बाँकी आठ खेलहरूमा प्रशिक्षकको भूमिका निर्वाह गर्नेछन। उनी क्लबको खेल समन्वयक पनि रहेका छन्। यस अघि बेटिसले ग्रेनाडा बिरूद्ध २–२ को बराबरी खेल्यो भने सेभिला संग २–० ले पराजित भयो। कोरोना भाइरसको कारण खेल निलम्बन हुनु भन्दा पहिले रियल बेटिसले रियाल म्याड्रिडलाई २–१ ले पराजित गरेको थियो । एथलेटिक बिलबाओलेसँग पराजित भएपछि बेटिस अंक तालिकामा १४ औं स्थानमा पुगेको छ।

रुबीलाई सिजनको शुरूआतमै टीमको कोच नियुक्त गरिएको थियो। उनको नेतृत्वमा बेटिसले आठ खेल जित्यो र १२ गुमायो, जबकि १० खेल बेटिसले बराबरी खेलेको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *