अन्डरटेकर द्वारा डब्लुडब्लुईबाट सन्यासको घोषणा

डिसी नेपाल
८ असार २०७७ ११:४९

काठमाडौं । विश्व रेसलिङ ईन्टरटेन्मेन्टका माहान खेलाडी अन्डर टेकरले आईतबार आफ्ना फ्यानहरुलाई धन्यबाद दिदै डब्लुडब्लुईबाट सन्यास लिने घोषणा गरेका छन । उनले अब रिङमा केही लिन बाकि नरहेको भन्दै सन्यास लिने घोषणा गरेको बताएका । सन १९९० देखी रिङमा आएर आफ्ना सर्मथक हरुलाई मनोञ्जन दिदै आएका अन्डर टेकरले उनको जिवनमा आधारित हालै रिलिज भएको डकुमेन्ट्रि सिरीज द लास्ट राईडमा सन्यासको घोषणा गरेका हुन ।

अन्डर टेकरले आफ्नो करियरको हरेक च्याम्पियनसिप तथा हरेक ईभेन्टहरु जितेका छन । साथै रेसलमेनिया लगातार जित्ने उनको निरन्तरता हालै आएर रोमन रेन्स संग पराजित भएपछि रोकिएको छ । यद्यपि अण्डरटेकरले उनी आफ्नो करियरको त्यो बिन्दुमा छन् जहाँ उनी भित्रको योद्धा आराम गर्नुपर्ने र रिङमा अब केहि पनि प्राप्त गर्न बाँकी नरहेको बताए ।

उनले भने, खेल परिवर्तन भएको छ। नयाँ व्यक्तिलाई मौका दिने समय आएको छ। मैले सोचे यो सही समय हो। यो डकुमेन्ट्रिले मेरो आँखा खोल्यो र मलाई ठूलो तस्वीर हेर्न मद्दत गर्यो। यस कारणले गर्दा, म प्रति मेरो दृष्टिकोण पछिल्ला केही बर्षहरूमा परिवर्तन भएको छ। मलाई लाग्छ कि रिङ भित्र भन्दा बाहिरबाट अब म अझ राम्रो गर्न सक्छु। अन्तयमा मैले आफूलाई स्वीकार्नुपर्ने ठाउँमा छु।

अन्डरटेकरका अनुसार उनी आफ्नो करियरमा राम्रो प्रदर्शन गरी सकेका छन्। उनी फेरि कहिले पनि रिङमा प्रवेश गर्छन भन्दा आपतकालमा वा भिन्से म्याकमोहनको आग्रहमा हुन सक्छ ।

रेसलमेनिया ३३ मा रोमन रेन्ससँगको खेल पछि, अण्डरटेकरले आफ्नो कोट, टोपी र ग्लोभ्स रिङमै छोडेपछि प्रशंसकहरूले उनी फेरि कहिल्यै रिङमा नदेखिने अडकल गरेका थिए । अन्डरटेकरले आफ्नो डकुमेन्ट्रि द लास्ट राइडमा आफ्नो करियर उनको लागि कत्ति गाह्रो भएको बताएका छन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *