चर्चित टेनिस खेलाडी कोरोना सङ्क्रमित

डिसी नेपाल
८ असार २०७७ १२:११

काठमाडौं । विश्व टेनिसको १९ औं वरियतामा रहेका ग्रेगर दिमित्रोभ कोरोनाबाट सङ्क्रमित भएका छन । उनी नोभाक जोकोभिचसँग आद्रे टुरमा सहभागी भएका थिए ।

बुल्गेरियाका २९ वर्षीय दिमित्रोभले पहिलोमा बोर्ना कोरिकसँग पराजित भएपछि क्रोएशियाको जदारमा भइरहेको दोस्रो प्रतियोगिताबाट नाम फिर्ता लिएका छन । “मेरो कारणले भएको हुन सक्ने जोखिमप्रति म क्षमा प्रार्थी छु ।”–उनले एक वक्तब्यमा भने ।

विश्व वरियताको शिर्ष स्थानमा रहेका नोभाक जोकोभिचको आइतबारका लागि निर्धारित अन्तिम खेल पनि रद्द गरिएको छ । गत् साता बेलग्रेडमा पहिलो ‘इभेन्ट’मा सहभागी भएका दिमित्रोभले आफ्नो इन्स्टाग्राममा लेखे, “म मा कोरोना सङ्क्रमणको पुष्टि भएको छ, मसँग पछिल्लो समय बिताएका सबैलाई परीक्षण गराएर सतर्क रहन आग्रह गर्दछु, म घरमै आराम गरिरहेको छु ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *