एक पटक कोरोना पोजेटिभ भए जीवनभर स्वास्थ्य समस्या हुने खुलासा

डिसी नेपाल
९ असार २०७७ १७:५२

काठमाडौं। अहिले नेपाललगायत विश्व कोरोना भाइरसको महामारीको चपेटामा छ। नेपालमा १० हजारभन्दा धेरै संक्रमित भएका छन् भने २४ जनाको मृत्यु भइसकेको छ। यहीबीचमा कोरोना भाइरसबारे नयाँ तथ्य सार्वजनिक भएको छ।

बेलायती अनुसन्धानकर्ताहरुका अनुसार एक पटक कोरोना भाइरस पोजेटिभ भएका मानिसमा जीवनभर स्वास्थ्य समस्या देखिन सक्छ। अनुसन्धान कर्ताहरुले एकतिहाई कोरोना पोजेटिभको फोक्स लामो सयमका लागि खराब हुन्छ। उनीहरुलाई आजीवन थकाई लाग्ने, स्वासप्रस्वास सम्बन्धि समस्या हुने दावी गरिएको छ।

यस्तै आईसीयूमा उपचार गरिएका कोरोना भाइरस विरामीको मष्तिस्कमासमेत नराम्रो असर पर्ने अनुसन्धानकर्ताहरुको दावी छ। अनुसन्धानकर्ताहरुले कोरोना भाइरस पोजेटिभ भएका मानिसहरुलाई भविश्यमा अलजाइमरको समस्या पनि सक्ने दावी गरेका छन्।

उनीहरुले कोरोना भाइरस पोजेटिभहरुलाई ठिक भएर कोरोना भाइरस नेगेटिभ भइसके पनि थप उपचार गर्नुपर्ने सुझाव दिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *