विवादमा रामदेवले बनाएको कोरोनाको औषधि, अनुसन्धान रिपोर्ट माग

डिसी नेपाल
९ असार २०७७ २०:३६

काठमाडौं। भारतीय योग गुरु बाबा रामदेवले मंगलबार कोरोना भाइरसविरुद्ध सतप्रति सफल भनी लन्च गरेको आयुर्वेदिक औषधि विवादमा परेको छ। भारत सरकारले यो आयुर्वेदिक औशधीबारे गरिएको अनुसन्धान प्रतिवेदन सरकारलाई नदिइएको भन्दै सो औषधिको विज्ञापन तत्काल रोक्न निर्देशन दिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

भारत सरकारको आयुष मन्त्रालयले औषधि बनाएको पतञ्जलि कम्पनीले सो औशधिबारे गरेको अनुसन्धान प्रतिवेदन प्राप्त नभएको र सो औषधि प्रयोगका लागि अनुमति नदिएको बताएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

मंगलबार एक कार्यक्रम गरी रामदेवले कोरोलिन नामको आयुर्वेदिक औषधि लञ्च गरेका थिए। यसरी औषधि लञ्च भएको केही घण्टामै भारत सरकारले सो औषधिको विज्ञापनमा पनि रोक लगाएको छ।

रामदेवले आफूले बनाएको औषधिले सतप्रतिशत कोरोना विरामी ठिक भएको र मृत्यु दर पनि शून्य रहेको भन्दै कोरोनाको औशधि बजारमा ल्याएका थिए।

हाल कोरोना महामारी विश्वभर फैलिएको छ। हालसम्म करिब ८८ लाख मासिनहरु यो रोगको चपेटामा आइसकेका छन्। विश्वस्वास्थ्य संगठनका अनुसार हालसम्म यो रोगको औषधि पत्ता लागेको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *