पाकिस्तानका १० जना क्रिकेट खेलाडी कोरोना संक्रमित
इस्लामावाद (एजेन्सी)। पाकिस्तानका १० जना क्रिकेट खेलाडी कोरोना भाइरस संक्रमित भएका छन्। पाकिस्तान क्रिकेट बोर्डका सिईओ वसीम खानले १० जना क्रिकेटर कोरोना संक्रमित भएको पुष्टि गरे।
उनका अनुसार फकर जमा, मोहम्मद हाफिज, शादव खान, वाहव रियाज, मोहम्मद रिजवान, इमरान खान, काशिफ भट्टी, मोहम्मद हसनैन, हैदर अली र ह्यारिस रऊफ कोरोना संक्रमित भएको खानले जानकारी दिए।
उनले तन्दुरुस्त रहेका युवा खेलाडी संक्रमित भएको भन्दै जो कोही पनि संक्रमित हुन सक्ने बताए। उनले यो टिमका लागि राम्रो नभएको बताए। पाकिस्तानी क्रिकेट टिम क्रिकेट खेल्न २८ जुनमा इंग्ल्याण्ड जाँदैछ। इंग्ल्याण्ड जाने टिमका महत्वपूर्ण खेलाडी कोराना संक्रमित भएपछि अर्को टिम घोषणा हुने जनाइएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment