अस्ट्रेलियामा ८५ वर्षकी वृद्ध महिलासँग लाखौं ठग्ने नेपाली जोडी जेल चलान
काठमाडौं। अस्ट्रेलियामा एक अन्तर्राष्ट्रिय ठगी गिरोहका सदस्य रहेका २ जना नेपाली पक्राउ परेका छन् । पश्चिमी सिड्नीकी एक वृद्ध महिलासँग हजारौं डलर ठगी गरेका यी दुईलाई सिड्नी अदालतमा उपस्थित गराइयो । पुलिसले २२ वर्षकी नेहा गिरी र १९ वर्षका आयुष भट्टराईलाई स्थानीय समयअनुसार सोमबार अपरान्ह साढे ४ बजे टेलोपियामा एक घरबाहिरबाट पक्राउ गरेको थियो ।
अस्ट्रेलियाको समाचार वेबसाइट नाइनन्यूजका अनुसार यी दुईलाई बेइमानी र धोखाधडीबाट सम्पत्ति आर्जन गरेको ५ वटा आरोप र जानीजानी आपराधिक क्रियाकलापमा संलग्न भएको ३ वटा आरोप लागेको छ । उनीहरुले ८५ वर्षकी एक महिलालाई झुक्याएर हजारौं डलर ठगी गरेका थिए ।
बताइएअनुसार पीडित ८५ वर्षकी महिलालाई एउटा फोन कल आएको थियो । फोन गर्नेले आफू उनको बैंकबाट बोलेको भन्दै उनको बैंक खाता रोक्का भएकोले उनले अर्को खाता खोल्नुपर्ने बताएका थिए । फोन गर्नेले महिलालाई एक कुरियरलाई ३ हजार डलर दिन भनेका थिए । कुरियरका कर्मचारी महिलाको घरमै आउने र त्यो रकम उनको खातामा जम्मा गरिने बताइएको थियो ।
महिलाले कुरियल वालालाई ३ हजार डलर दिइन् र यसबारे पुलिसलाई पनि जानकारी दिइन् । पछि महिलालाई फेरि अर्को फोन कल आयो । फोन गर्नेले उनलाई अझै ५ हजार डलर दिनुपर्ने बताए । पुलिसले नेपाली जोडीलाई सोमबार ती महिलाको घरमा पैसा लिन आएको बेला पक्राउ गरेको हो ।
अनुसन्धानमा भारतमा आधारित रहेर अस्ट्रेलियामा सक्रिय सदस्यहरुबाट ठगी धन्दा चलाइरहेको गिरोहबारे खुलासा भएको छ । यो गिरोहले अस्ट्रेलियामा यस्तै गरी झुक्याएर पैसा ठग्ने र विद्युतीय माध्यमबाट विदेश पठाउने गरिरहेका थिए । अनुसन्धानकर्ताहरुले यस्तै किसिमका फोन कल आएका अन्य पीडितहरुको पनि पहिचान गरेका छन् ।
गिरी र भट्टराईलाई मंगलबार पारामाट्टाको स्थानीय अदालतमा मजिस्ट्रेट रोबिन डेनेरको अगाडि उपस्थित गराइएको थियो । अदालतमा यी दुवैले जमानतको लागि अर्को प्रयासस्वरुप कुनै आवेदन नगरेको बताइएको छ । उनीहरुको जमानत अदालतले पहिले नै खारेज गरिसकेको थियो । उनीहरुलाई अदालतले जेल पठाएको छ र अब उनीहरुलाई अगष्ट २० मा फेरि अदालतमा उपस्थित गराइनेछ ।
Nepalese nationals accused of fleecing elderly Sydney residents
Two Nepalese nationals are behind bars, accused of fleecing tens of thousands of dollars from elderly and vulnerable Sydneysiders as part of an international fraud syndicate. #9News
Posted by 9 News Sydney on Tuesday, June 23, 2020
Facebook Comment