ला लिगामा बार्सिलोना लिगको शीर्ष स्थानमा

डिसी नेपाल
१० असार २०७७ १०:४१

काठमाडौं । स्पेनिश फुटबल लिग ला लिगाको हिजो भएको खेलमा एथ्लेटिक बिलबाओलाई १ का विरुद्ध शून्य गोलले हराउँदै बार्सिलोना लिगको शीर्ष स्थानमा पुनः उक्लिएको छ ।

बार्सिलोनालाई जित दिलाउन ६४ औँ मिनेटमा मैदानमा प्रवेश गरेका सब्सटियुट ईभान र्याईकिटिकले लियोनेल मेसीको पासमा ७१ औँ मिनेटमा गोल गरेका थिए ।

यो जितसँगै ६८ अंकका साथ बार्सिलोना शीर्ष स्थानमा उक्लेको हो । यसअघि समान अंक भएपनि हेड टु हेड रेकर्डका आधारमा शीर्ष स्थानमा उक्लेको रियाल मड्रिड पुनः माथि पुग्नका लागि उसले आज हुने खेलमा म्यालोरोकालई हराउनुपर्ने हुन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *