रुकुम घट्नाः वडाध्यक्षसहित २३ जना पूर्पक्षका लागि थुनामा

डिसी नेपाल
१० असार २०७७ २१:०६

काठमाडौं । रुकुमको चौरजहारीमा अन्तरजातीय विवाह प्रकरणका क्रममा ६ जनाको ज्यान जाने गरी भएको सामूहिक हत्या काण्डका आरोपी२३ जनालाई पूपक्षका लागि थुनामा पठाइएको छ । जिल्ला अदालत रुकुमको आदेशले एक जनालाई १ लाख धरौटी र बाँकी २३ जनालाई थुनामा पठाइएको हो । रुकुम जिल्ला अदालतका न्यायधीश विद्याराज पौडेलको एकल इजलाशाले तीन जनालाई साधारण तारेख र एक जनालाई धरौटीमा छाड्न आदेश दिएको छ । तुलबहादुर मल्ल, दीपेन्द्र चन्द र इन्द्रबहादुर मल्ललाई भने साधारण तारेखमा छाड्न आदेश दिइएको हो ।

नवराज विककी प्रेमीका भनिएकी युवतीकी आमालाई एक लाख रुपैयाँ धरौटीमा छाड्न र बाँकी तीन जनालाई धरौटीमा रिहा गर्न आदेश भएको जिल्ला प्रहरी कार्यालय पश्चिमका प्रमुख डिएसपी ठकबहादुर केसीले जानकारी दिए । उनका अनुसार नवराजकी प्रमिका भनिएकीसहित दुई जनालाई बाल सुधार गृहमा राखिएको छ । सो घट्नामा संलग्न तुलाराम घर्ती, डिल्ली घर्ती, लोकेन्द्र घर्ती, सौरभ पुन र भीमबहादुर बुढा भने अझै फरार छन् । अदालतले वडाध्यक्ष डम्बरबहादुर मल्ललाई पनि पूर्पक्षका लागि थुनामा पठाएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले ३२ जेठमा वडाध्यक्ष मल्ल, युवती, उनका आमा, बुबा, दाजुसहित ३४ जनालाई प्रतिवादी बनाएर अदालतमा मुद्दा दर्ता गरेको थियो । उनीहरुलाई ६ जनाको हत्या गरेको आरोपमा कर्तव्य ज्यान, १३ जनालाई घाइते भएको कसूरमा ज्यान मार्ने उद्योग र जातीय छुवाछुत सम्बन्धी कसूर अनुसार आजीवन कैद गर्न माग गरिएको थियो । जेठ १० गते रुकुम पश्चिम चौरजाहारी वडा नम्बर–८ की मल्ल थरकी युवतीसँग प्रेम विवाह गर्न जारजरकोट भेरी नगरपालिका वडा नम्बर ४ का २१ वर्षीय नवराज विक १९ जनाको समूह लिएर चौरजाहारी पुगेका थिए । त्यसबेला दुवै पक्षवीच झडप भएको थियो । नवराज विक, गणेश विक, सन्दिप बुढा, लोकेन्द्र सुनार, टिकाराम सुनार र गोविन्द शाहीको हत्या भएको थियो उनीहरुको शव भेरी नदीमा फेला परेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *