ला लिगामा लुका रोमेरो लिग खेल्ने सबैभन्दा कान्छा खेलाडी

डिसी नेपाल
११ असार २०७७ १०:२५

काडमाडौं । रियाल मल्लोर्काका फरवार्ड लुका रोमेरो ला लिगामा डेब्यू गर्ने सबैभन्दा कान्छो खेलाडी बनेका छन। उनले १५ वर्ष २१९ दिनको उमेरमा रियाल म्याड्रिड बिरुद्धको खेल खेल्दै यो किर्तिमान कायम गरे। यस अघि यो किर्तिमान सेल्टा भिगोका फ्रान्सेस्को बाओको नाममा रहेको थियो। उनले १९३९ मा १५ बर्ष र २२५ दिनको उमेरमा यो किर्तिमान बनाएका थिए ।

रोमेरोलाई बुधवार भएको रियाल म्याड्रिड बिरुद्धको खेलमा खेलको ८३ औं मिनेटमा वैकल्पिक खेलाडीको रुपमा मैदानमा उतारिएको थियो । यद्यपि उनको टोलीले खेल २–० ले गुमाएको थियो । यस अघि १६ जुनमा उनी भिलारियल बिरूद्धको टोलीमा परेका थिए । तर मैदानमा उत्रने मौका पाएका थिएनन ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *