रियल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा

डिसी नेपाल
११ असार २०७७ ११:१५

काठमाडौं । रियल मड्रिड स्पेनिस ला लिगाको शीर्ष स्थानमा उक्लेको छ । जिनेदिन जिदानको रियल मड्रिडले बार्सिलोनासँगै ६८ अङ्क बटुलेको छ । तर हेड टु हेड खेलको आधारमा ऊ शिर्ष स्थानमा उक्लिन सफल भएको हो ।

रियल मड्रिडले शीर्ष स्थानमा उक्लिन मर्लोकामाथि २–० को सहज जित हात पार्यो । ब्राजिली भिनिसिस जुनियरले पहिलो हाफमा महत्वपूर्ण गोल गर्दै १–० को अग्रता दिलाए । उनले खेलको १९ औँ मिनेटमा पहिलो अग्रता दिलाए । खेलको ५६ औँ मिनेटमा सर्जियो रामोसले पाएको फ्री किकको अवसरलाई गोलमा परिणत गर्दा मर्लोका २–० ले स्तब्ध हुन गयो ।

मर्लोकाले दोस्रो हाफमा १५ वर्षीय लुका रोमेरोलाई मैदानमा उतार्यो । ला लिगामा खेल्ने उनले अहिलेसम्मकै सबैभन्दा कान्छो खेलाडीको कीर्तिमान बनाए । ला लिगामा रियल मड्रिडले अब सात खेल खेल्न बाँकी छ । सातैमा जित हात पारे सन् २०१७ पछि मड्रिडलाई पहिलो उपाधि दिलाउनेछ । हारसँगै मर्लोका भने रेलिगेशन जोनमा परेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *