पहिराका कारण १५० घरघुरी जोखिममा

डिसी नेपाल
१२ असार २०७७ १७:२२

सुर्खेत । कालीकोट जिल्लाको महावै गाउँपालिका–३ डिल्लीकोटको धामीगाउँमा पहिरो जाँदा १५० घरधुरी जोखिममा परेका छ । अविरल वर्षापछि बिहीबार राति आएको पहिराका कारणले बस्ती नै जोखिम परेको हो ।

सिरानमा नै पहिरो आएका कारणले गाउँ नै जोखिममा परेको स्थानीयवासी जनपुराकुमारी सिंहले बताइन् । ‘गाउँको सिरानमा पहिरो आएको छ ।’ उनले भनिन्,‘बस्ती नै जोखिममा परेको कारणले अहिले सबै मानिस त्रसित छन् । पहिरोका कारणले खानेपानीको पाइप पनि भत्किएको छ । बस्तीमा अहिले खानेपानीको समस्या भएको छ ।’

अहिले बस्तीलाई कसरी सुरक्षित राख्ने भन्ने विषयमा छलफल भइरहेको वडाध्यक्ष दानकला सिंहले बताइन्। ‘बस्ती पहिरोको जोखिममा परेको छ’, उनले भनिन्, ‘बस्ती सार्ने वा के गर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *