दैलेखको पिसिआर मेसिन सञ्चालनमा

डिसी नेपाल
१५ असार २०७७ १२:२२

दैलेख । सात जनाको स्वाब सङ्कलन गरेर पिसिआर मेसिनको औपचारिक परीक्षण शुरु गरिएको छ।

दैलेखका राजनीतिक दल, नागरिक समाज, पत्रकार, उद्योगीव्यवसायीको प्रतिनिधिमूलक रुपमा स्वाब सङ्कलन गरिएको हो।

भेरी अञ्चल अस्पताल नेपालगञ्जका निर्देशक डा. प्रकाश थापाले परीक्षणको स्थलगत अध्ययनसमेत गरेका छन् ।

आजदेखि नियमित रुपमा पिसिआरबाट कोरोना परीक्षण गरिने स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा. निरञ्जन पन्तले जानकारी दिए ।

दैलेखमा ७३२ जनामा कोरोना संक्रमण देखिएको छ। कोरोना देखिएकामध्ये १६ दिनसम्म आइसोलेशन अस्पतालमा बसेर कुनै पनि लक्षण नदेखिएपछि आधाभन्दा बढी घर फिर्ता भइसकेका छन्। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *