रातभर नसुत्ने ठमेल दिउँसै निदाएपछि… (फोटो/भिडियो)

मदन कोइराला
१६ असार २०७७ १८:०८

काठमाडौं। केन्द्रीय राजधानी काठमाडौंको मुख्य पर्यटकीय क्षेत्र र रात्रीकालीन व्यवसायको केन्द्र ठमेल ६ महिनाघि रातभर सुत्दैनथ्यो। दिउँसो त भीडभाड थामिनसक्नु हुन्थ्यो नै, रातमा पनि यहाँको रौनक कायमै रहन्थ्यो। दिनको पूरा २४ घण्टा नसुत्ने देशका सीमित क्षेत्रमध्ये एक थियो ठमेल। ठमेल सुत्दैनथ्यो।

रात्रीकालीन व्यवसायको मुख्य केन्द्र यो क्षेत्र घाम अस्ताएपछि बढी सक्रिय हुन्थ्यो। यहाँ भीडभाड यतिसम्म बढेको थियो कि सरकारले ठमेलको केन्द्रमा सवारी साधनलाई निषेध नै गरेको थियो। यहाँ पैदल मात्र जान पाइन्थ्यो। पैदल हिँड्दा समेत मान्छे पन्छाउँदै हिँड्नुपर्ने ठमेल अहिले सुनसान छ – मानौं शून्यताले यहाँको मानव जीवन पन्छाएको छ, पाखा लगाएको छ।

अहिले ठमेल दिउँसै सुनसान छ। यहाँका व्यवसाय ठप्प छन्। ठूलो लगानी गरेर यहाँ व्यवसाय स्थापित गरेका पर्यटन व्यवसायीहरु अहिले पूरै बेरोजगार छन्। घर भाडामा लगाएर त्यसैको आम्दानीमा चलिरहेका रैथाने बासिन्दाको पनि आम्दानी गुमेको छ। अनि, यहाँको व्यवसायमै श्रम बेचेर जीविकोपार्जन गर्ने श्रमजीविहरुसमेत बेरोजगार भएका छन्।

६ महिनाअघिको स्मृतिलाई सम्झने हो भने यहाँ धेरै रौनक थियो। त्यति रौनक पूरै ‘नेपाल’ उपत्यकामा कहीँ कतै थिएन। तर, आजको ठमेल देख्दा उराठ लाग्छ, विरक्त लाग्छ। कुनै बेला रातभर जाग्राम रहने ठमेल अहिले दिउँसै निदाइरहेको छ । र, ठमेलसँगै यहाँका घरधनी, व्यवसायी र श्रमिक सबैका सपना पनि सुषुप्त भएका छन्। ती महिले उठ्नाल्, बिउँझेलान् ? आशा छ तर निश्चय छैन।

रात्रीकालीन व्यवसायको मुख्य केन्द्र यो क्षेत्र घाम अस्ताएपछि बढी सक्रिय हुन्थ्यो। यहाँ भीडभाड यतिसम्म बढेको थियो कि सरकारले ठमेलको केन्द्रमा सवारी साधनलाई निषेध नै गरेको थियो। यहाँ पैदल मात्र जान पाइन्थ्यो। पैदल हिँड्दा समेत मान्छे पन्छाउँदै हिँड्नुपर्ने ठमेल अहिले सुनसान छ – मानौं शून्यताले यहाँको मानव जीवन पन्छाएको छ, पाखा लगाएको छ।

त्यसो त यसअघि पनि ठमेल बेला बेलामा निदाउने गरेको थियो। माओवादी सशस्त्र द्वन्द्वमा पनि कहिले काँही ठमेल निदाउँथ्यो। त्यसपछि २०६२÷६३ को जनआन्दोलनमा पनि करिव १५ दिन ठमेलको व्यापार व्यावसाय ठप्प भएको थियो। ती अस्थायी थिए।

‘२५ वर्षमा अहिलेको जस्तो अवस्था हामीले कहिल्यै देखेका थिएनौं,’ विगत २५ वर्षदेखि ठमेलको नरसिंह चोकमा ह्याण्डी क्राफ्टको व्यापार गर्दै आएको अग्नि ढकाल भन्छन्, ‘तर अहिलेको कोरोना भाइरसका कारण पर्यटन व्यावासाय धरासायी मात्रै भएको छैन। धेरै जना विस्थापित हुने अवस्था आएको छ।’

नेपालको युरोप भनेर चिनिने ठमेलका व्यापासी अहिले निरास छन्। उनीहरुको सबै ग्राहक विदेशी पर्यटक हुन्। जो सन २०१९ को अन्त्यदेखि नेपाल प्रवेश गरेका छैनन्। जसको मार उनीहरुको व्यावसायमा परेको छ भने धेरैको उठिबास लाग्ने अवस्था आएको छ।

विशेष गरी ठमेलमा व्यापारा व्यावसाय गर्ने व्यापारीले चर्को घरभाडा तिर्नुपर्छ। यो तीन महिलाको अवधिमा पसल खोल्न समेत नपाएपछि अहिले व्यापारीलाई कसरी पसलको भाडा तिर्ने भन्ने चिन्ताले सताएको छ। तर धेरै घरधनीले तीन महिनाको अवधिको घरभाडामा सहुलीयत दिने बताएको व्यापारी ढकाल बताउँछन्।

अहिलेको परिस्थिति विषम भएपनि एक दिन ठमेल पहिला कै लयमा फर्किनेमा विश्वस्त छन्, विगत ३० वर्षदेखि ठमेलमा कपडा व्यावसाय गर्दै आएका रमेश बानियाँ। ‘अहिले नेपालमा मात्रै नभएर विश्व नै कोविड १९ सँग जुधिरहेको छ,’ उनले भने, ‘तर एक दिन ठमेल फेरि पुरानै लयमा फर्किन्छ।’

सरकारले असार १ गतेदखि लकडाउन खुकुलो बनाएसँगै अहिले ठमेलका आंशिक पसल खुल्न थालेका छन्। व्यापार र व्यावसाय नभएपनि पसल खोलेर माकुराको छालो हटाउने र पसल सफा गर्ने काम भइरहेको ठमेलको छायाँ सेन्टरमा बेवी सप संचालन गरेकी कृष्टा महर्जन।

भिडियाे : कमल साउद/ डिसी नेपाल

विशेष गरी ठूला महलमा लाखौं घरघाडा तिरेर बसेका व्यावसायी बढी मारमा परेको देखिन्छ। विगत २० वर्षदेखि भारत प्रशासित कश्मिरबाट नेपालमा आएर पस्मिनाको व्यापार गरिरहेका मन्जुल अहमद भन्छन्, ‘विगत २० वर्षदेखि म यहाँ पश्मिनाको व्यापार गर्दै आएको छु। तर अहिलेको जस्तो अवस्था कहिल्यै आएको थिएन,’ उनले भने, ‘यो महामारी अन्त्य नभएसम्म यहाँको व्यापार सुचारु हुने अवस्था छैन।’

घरधनी र व्यापारी बीच समन्वय गर्दै पर्यटन विकास समिति

ठमेलमा घरधनी र व्यापारीबीच कोविड–१९ बीचको घरभाडाका विषयमा समन्वय गर्न ठमेल पर्यटन विकास समिति लागिपरेको छ। समितिले हालसम्म तीन सय घरधनी र व्यापारीबीच समन्वय गरिसकेको ठमेल पर्यटन विकास समितिका उपाध्यक्ष भवि शर्माले बताए।

नेपालको युरोप भनेर चिनिने नगरी ठमेलमा कयौं प्रकारका व्यावसायी र व्यावसाय रहेको र ती सबै व्यवासाय नेपालमा आउने पर्यटकलाई लक्षित गरेर गरिएका थिए। ती व्यावसायमा नेपालीबाट चलायमान हुने संभावना २० प्रतिशत मात्रै हो। तर अहिले ठमेल क्षेत्रमा न नेपालीको चलह पहल छ न य विदेशी पर्यकट नै छन् । कोरोना महाहारी कहिलेसम्म लम्बिने हो भन्ने यकिन पनि छैन।

‘यस्तो अवस्थामा पर्यटन क्षेत्र आज पनि धरासयी भएको र कोविड १९ नियन्त्रणमा आइसकेपछि पनि अरु व्यावसाय चलायमान हुन सक्छ। तर पर्यटन क्षेत्र चलायमान हुन अर्को एक वर्ष लाग्छ,’ उपाध्यक्ष शर्माले भने, ‘किन भने हामी विदेशी पर्यटकको भर पर्नुपर्छ। त्यसका लागि उनीहरु मानसिक र आर्थिक रुपमा तयार हुनुपर्छ।’

अहिले महिलना मर्ने वित्तिकै घरधनीले भाडा माग्ने र व्यावसायीले भाडा दिन नसक्ने अवस्थालाई समाधान गरी दुवै पक्ष मारमा नपर्ने गरी समन्वय गर्ने काम भइरहेको जनाए।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *