मुगुमा पिसिआर मेसिन खरिद गर्ने निर्णय

डिसी नेपाल
१७ असार २०७७ १९:५२

मुगु। चालु आर्थिक वर्षका लागि विनियोजित बजेटको खर्च हुन नसकेको रकमबाट जिल्लामा पिसिआर मेसिन खरिद गरिने भएको छ।
संघीय सांसद स्थानीय पूर्वाधार साझेदारी कार्यक्रम अन्तर्गत जिल्लाका चार वटै स्थानीय निकायहरुमा यो आवमा विनियोजित बजेटको खर्च हुन नसकेको रकमबाट मुगु जिल्ला मै कोरोना परिक्षण गर्न पिसिआर मेसिन खरिद गर्ने निर्णय भएको हो।

चालु आर्थिक वर्षमा खर्च नभएको रकम असार १५ सम्म हरेक पालिकाको कोभिड १९ व्यवस्थापन कोषमा जम्मा गर्ने र सोही रकमबाट जिल्लामा पिसीआर मेसिन खरिद गर्न लागिएको हो।

कार्यक्रमका निर्देशक सांसद गोपाल बहादुर बमको संयोकत्व र समन्वय प्रमुख पुर्ण बहादुर रोकाया, प्रजिअ कृष्ण कुमार निरौला, प्रनाउ भुवनेश्वर साह, उद्योग बाणिज्य संघ मुगुका अध्यक्ष कमल बुढा, रेडक्रस सभापती जय बहादुर मल्ल, जिल्ला अस्पताल प्रमुख डाक्टर निर्मल नगरकोटी, नेपाली काँगे्रस मुगु जिल्ला सभापति खड्क बहादुर शाही, नेकपा प्रतिनिधि मंगल बहादुर शाही सहितको बैठकले स्थानीय तहहरुमा बचेको रकमबाट कोरोना परिक्षण मेसिन, एम्वुलेन्स, भिटिएम किड, व्यवस्थापनमा खर्च गर्ने निर्णय भएको जिल्ला समन्वय अधिकारी भिम सेजुवालले बताए।

निर्णय अनुसार चारवटै स्थानीय तहरुले आफना प्रकोप व्यवस्थापन कोषमा जम्मा भएको यो कार्यक्रमको रकम छायाँनाथ रारा नगरपालिकाको प्रकोप कोषमा जम्मा गर्ने र नगरपालिकाले पिसिआर मेसिन खरिदका लागी छोटो बाटोबाट सुचना प्रकाशित गरि मेसिन खरिद गरेर जिल्ला अस्पताल मुगुलाई हस्तान्तरण गर्ने भएको छ ।

पिसिआर मेसिन खरिद गर्न १ करोड ३० लाख, ३ एम्बुलेन्स खरिद गर्न ३६ लाख, भिटिएम किड खरिद गर्न ६ लाख, प्राविधिक खर्च ६ लाख ७२ हजार २ सय र स्वास्थ्य उपकरण रातापानी स्वास्थ्य केन्द्रका लागी ६ लाख छुट्याइएको छ ।

जिल्लामा पिसिआर मेसिन आएमा मुगु जिल्लाका अलाभा बाजुरा र हुम्ला जिल्लाका केहि स्थानीय तहहरुलाई पनि कोरोना परीक्षण गर्न सहज हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *