भारतमा कोरोना संक्रमितको संख्या ७ लाख पार, सबैभन्दा धेरै संक्रमित हुने विश्वको तेस्रो मुलुक

डिसी नेपाल
२२ असार २०७७ १८:२९

काठमाडौं। छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको संख्या ७ लाख नाघेको छ। भारतीय सञ्चार माध्यमका अनुसार सोमबार भारतमा कोरोना संक्रमितको संख्या ७ लाख ७ सय २४ पुगेको छ।

आइतबार एकै दिन भारतमा २ हजार ८ सय ८८ नयाँ संक्रमित फेला परेका थिए। भारतमा कोरोनाका कारण हालसम्म १९ हजार ७ सय १४ जनाको मृत्यु भइसकेको छ। अमेरिका संक्रमितको संख्यामा सबैभन्दा अगाडि छ। अमेरिकामा हालसम्म २९ लाख ८४ हजार ८ सय २१ जना संक्रमित भएका छन्।

अमेरिकामा मृत्यु हुनेको संख्या पनि सबैभन्दा धेरै छ। त्यहाँ १ लाख ३२ हजार ६ सय १० जनाको मृत्यु भएको छ। यस्तै दोस्रो स्थानमा रहेको ब्राजीलमा हालसम्म १६ लाख ४ हजार ५ सय ८५ जना संक्रमित भएका छन्। त्यहाँ ६४ हजार ३ सय जनाको मृत्यु भएको छ।

चौथो स्थानमा रहेको रुसमा हालसम्म ६ लाख ८७ हजार ८ सय ६२ जना संक्रमित भएका छन्। त्यहाँ हालसम्म १० हजार २ सय ९६ जनाको मृत्यु भएको छ। आइतबार साँझसम्म विश्वभर कोरोना संक्रमितको संख्या १ करोड १५ लाख ९० हजार ६ सय ३५ पुगेको छ। मृतकको संख्या ५ लाख ३७ हजार ४ सय ३६ पुगेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *