कोरोनाबाट मृत्यु हुनेको संख्या ५ लाख ३८ हजार नाघ्यो

डिसी नेपाल
२३ असार २०७७ ८:०४

काठमाडौं। विश्वभर कोरोना भाइरसबाट हालसम्म १ करोड १६ लाख ५२ हजार ३८५ जना संक्रमित भएका छन्। ती मध्ये ६५ लाख ८९ हजार २१८ जना उपचारपछि निको भएका छन् भने हालसम्म ५ लाख ३८ हजार ५ सय १३ जनाको मृत्यु भएको छ।

कोरोना संक्रमितको संख्या बढ्न थालेपछि इजराइलमा क्लब, जिम र बार बन्द गर्न आदेश दिइएको छ। सरकारको नयाँ आदेश अनुसार धार्मिक स्थलमा १९ जना भन्दा धेरै भेला हुन पाउने छैनन्। यसैगरी रेस्टुरेण्टमा ३० जना भन्दा बढी भेला हुन नपाउने सरकारले नियम बनाएको छ।

उता कोरोना महामारीको असर बेलायतका विश्वविद्यालयमा परेको छ। इन्स्टिट्यूट अफ फिस्कल स्टडीज (आइएफएस) को एक रिपोर्टका अनुसार यदि सरकारले राहत प्याकेज नल्याउने हो भने बेलायतका १३ वटा विश्व विद्यालय बन्द हुन सक्नेछन्।

नेपालमा नेपाल वायु सेवा निगमका तीन पाइटल र चार जना क्रु नेम्बरलाई कोरोना संक्रमण पुष्टि भएको छ। नेपाल सरकारले विदेशमा अलपत्र परेका नेपालीलाई अन्तर्राष्ट्रिय उडानमार्फत स्वदेश फर्काउँदै छ। नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ९४६ पुगेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *