तीन महिनापछि मुगुमा हवाई सेवा शुरु

डिसी नेपाल
२४ असार २०७७ २०:३२

मुगु। कोभिड – १९ को कारणले देश बन्दाबन्दी हुँदा बिगत ३ महिनासम्म बन्द भएको बुधबार शुरु हवाई सेवा शुरु भएको छ। हाल नेपालमा हवाई सेवा खुला नभए पनि दुर्गम तथा हिमाली जिल्लामा सडक सञ्चालनमा समस्या भएपछि विकल्पको रुपमा सिता एयर प्रालिले गृह मन्त्रालयको स्वीकृती लिई बुधवार मुगुको रारा बिमानास्थलमा आप्नो चार्टर उडान शुरु गरेको हो ।

प्रतिनिधि सभाका सदस्य गोपाल बहादुर बमको पहल र रारा एड्भेन्चर प्रालि र सिता एयरको सहकार्यमा १० वटा उडानको स्वीकृति लिएको बताइएको छ।

जहाजमा यात्रा गर्ने यात्रुहरुले मास्क अनिवार्यसहित पीसीआर वा आरडीटी परीक्षण गरि नेगेटिभ रिर्पोट आएको हुनुपर्ने छ । कोरोना परीक्षणका लागि काठमाडौंको शुक्रराज टर्पिकल अस्पताल टेकु, भेरी अस्पताल नेपालगञ्ज र जिल्ला अस्पताल मुगुमा निर्धारित शुल्क तिरी परिक्षण गर्ने ब्यवस्था मिलाइएको छ ।

बुधबार सिता एयरले नेपालगञ्जबाट रारा बिमानास्थलमा भरेको उडानमा १ जना बालक सहित १७ जना यात्रु र फर्कंदा १ जना यात्रुले यात्रा गरेको रारा नागरिक उड्यन कार्यालय ताल्च मुगुका सहायक प्रमुख किरण दाहालले बताए।

स्वीकृति प्राप्त १० वटै उडानहरु चार्टर्ड भएका र यात्रुहरुलाई सामाजिक दुरी कायम गरि उडान गर्नुपर्ने भएकोले प्रति यात्रु एकतर्फि रु १० हजार भाडा दर कायम गरिएको बताइएको छ ।

दुबैतर्फ यात्रा गर्ने यात्रीहरुका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट पीसीआर वा आरडीटी रिर्पोट पेश गरि गृह मन्त्रालयको स्वीकृत भएपछि मात्र यात्राको ब्यबस्था मिलाइने रारा नागरिक उड्यन कार्यालय ताल्च मुगुका प्रमुख मोहन गिरीले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *