कुनै हालतमा सार्वजनिक गाडी चलाउँदैनौं : महासंघ

डिसी नेपाल
२६ असार २०७७ १७:३३

काठमाडौं । व्यवसायीले कुनैपनि हालतमा सार्वजनिक यातायता नचलाउने बताएका छन्। सरकाले सार्वजनिक यातायात खुलाउने निर्णय गरेपनि उनीहरुले यातायात नचलाउने भएका हुन्।

शुक्रबार ५ बुँदे माग राख्दै यातायात नचलाउने बताएका हुन्। विभिन्न माग राख्दै उनीहरुले माग सम्बोधन नभए चाबी सरकारलाई बुझाउने भन्दै यातायात सञ्चालन गरेर देखाउन चुनौती दिए। उनीहरुले यथास्थितिमा यातायात सञ्चालन गर्न नसकिने उनीहरुको भनाई छ।

महासंघका अध्यक्ष होमप्रसाद अधिकारीले सरकारले पूर्व तयारीविना सार्वजनिक यातायात सञ्चालन गर्न भनेर अव्यवहारिक र खतरनाक कदमचालेको बताए। आफूहरुलाई हचुवाका भरमा यातायात सञ्चालन गर्न भनिएको बताउँदै अधिकारीले भने ‘हामी गाडी चलाउँदैनौं, सरकारलाई चाबी बुझाउँछौं ।’

अधिकारीले सरकारलाई सार्वजनिक यातायातको राष्ट्रियकरण गर्न भने । उनले भने ‘यातायात सञ्चालनगर्ने हो भने सरकारले सबै यातायातको राष्ट्रिय करण गरेर चलाओस्। सरकारले आफूहरुलाई कर्जा एक वर्ष पछि तिर्न मिल्ने बनाउनभन्दापनि बेवास्ता भएको भन्दै अब कुनै हालतमा यातायात सञ्चालनगर्न सकिने अवस्था नरहेको बताए ।

यातायात व्यवसायी चार महिना यता मारमा परेको भन्दै मजदुरहरु पनि समस्यामा परेको बताए । यातायात मजदुरलाई तलब दिनका लागि भए पनि कर्जा छुट, केही अनुदान र सहुलियतमा ऋणको व्यवस्थाको माग गरे




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *