अमिताभपछि छोरा अभिषेक बच्चनमा पनि कोरोना पुष्टि

डिसी नेपाल
२८ असार २०७७ ६:०२

काठमाडौँ । बलिउडका सुपरस्टार अमिताभ बच्चनका छोरा अभिनेता अभिषेक बच्चनमा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

हिजो साँझ गरिएको कोरोना परीक्षणमा सुपरस्टार अमिताभलाई कोरोना देखिएपछि छोरा अभिषेकमा पनि कोरोना परीक्षण गरिएको थियो। कोरोना परीक्षण गर्दा उनको अभिषेकको रिपोर्ट पनि पोजेटिभ देखिएको स्रोतलाई उदृत गर्दै भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

अभिनेता अभिषेकले ट्वीट मार्फत आफूलाई कोरोना देखिएपछि अस्पताल भर्ना भएको बताएका छन् ।

शनिबार अभिषेकले आफूहरुमा कोरोना पुष्टि भएपनि स्वास्थ्य अवस्था सामान्य रहेको भन्दै मुम्बईको ननावती अस्पतालमा भर्ना भएको बताएका छन् ।

अमिताभ बच्चनलाई कोरोना संक्रमण




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *