प्रधानसेनापतिको स्वागतयोग्य कदम–डरलाग्दो कम्पन

सलाम छ मेरा प्रधानसेनापतिलाई ।
सरल, सहृदयी, सालीन भएर आफ्नो सिस्टर अर्गनाईजेसन नेपाल प्रहरी हेडक्वार्टर पुगेर नवनियुक्त आईजीपीलाई बधाई र सफल शुभकामना दिने पहलता र महानताको कसरी मुक्त कण्ठले प्रशंसा नगर्नु?

विकृत् परम्परा तोडिन जरुरी छ। विभेदको पर्खाल फोर्न जरुरी छ। शंका र अविश्वासको बादल फटाउन आवश्यक छ। विभाजनकारी र षड्यन्त्रकारीहरुलाई परास्त गर्न जरुरी छ।

तर कसले कहिले कसरी किन गर्ने?

प्रधानसेनापतिलाई लागेको हुनुपर्दछ– ‘मैले अहिले आफैबाट भातृत्व, भाइचारा, एकताका खातिर प्रारम्भ किन नगर्ने?’ यो परिवर्तनकामी सोच र महानताको प्रशंसा गर्न पंक्तिकारसँग शब्द छैन। तर पंक्तिकारका पूर्वसैनिक ८४ वर्षे पिताका आँखाबाट आँशु आए। प्रधानसेनापति स्वयंका पिता पनि रुनुभयो रे।

राजाको सेना र रानीको प्रहरीदेखि आजसम्म
ज्यादै परम्परागत र ढोंगी तौरतरिकाले चल्दै आएका हुन् नेपालका सुरक्षा निकायहरु। उहिले दरबारका ताबेदार। त्यसमा पनि अदृश्य शक्तिले राजाको सेना र रानीको प्रहरी बनाएर विभाजन एवं विभेदको गहिरो बिजारोपण गरेको ती ढोंगी ताबेदारहरुले पत्तै पाएनन्।

सेना र प्रहरी आपसमा खुब बाजे लडे र जग हँसाए। त्यसपछि प्रजातन्त्रका मसिहाहरुले निजी सुरक्षा दस्ता बनाए ताबेदारहरुलाई। ताबेदार रातारात रंग फेरेर नयाँ मालिकका आज्ञाकारी भए।

कांग्रेस नेतृत्वले सेनालाई देश र जनताको शक्ति स्वीकार्न पटक्कै मानेन। उसलाई नयाँ निजी सुरक्षा दस्ता चाहियो। किनभने प्रजातन्त्रको पहिलो गाँस निजामती कर्मचारी संयन्त्र र गुप्तचर विभाग भए र सकिए। दोश्रो गाँस प्रहरी। तेश्रो एकै गाँस सेनालाई खान खोज्दा दाँतमा ढुङ्गा लाग्यो। अनि सशस्त्रप्रहरीको जन्म भयो।

प्राण, सिद्धान्त, दर्शन, विचार तुरिएर नाताकृपाबाद, गुटबाद, भ्रष्टाचार र अस्थिरताको फोहोर हिलोमा जाकिएका दिशा र भविश्यहीन दलहरुलाई १२ बुँदेको जुवामा नारेर गणतन्त्रबादीहरुभित्र अन्तरघुलन गराइदिएपछि हामी प्रजातन्त्रका आज्ञाकारीहरु रातारात गणतन्त्रवादीका सेवक भयौं।

बिचित्र के देखियो भने गरिब, असहाय र निमुखालाई न्याय, समानता, राहत, सम्मान दिने संकल्प गरेको गणतन्त्रप्रति त्यही पृष्ठभूमिबाट आएर अभाव झेल्न बाध्य सिपाही वर्ग आकर्षक हुनुपर्नेमा त्योभन्दा छिटो तिनका हाकिम तथा कमाण्डर भनाउँदा उच्च नेतृत्वहरु तात्तातो भाग् खान रातारात गणतन्त्रका दलालमा दर्ज भए।

अब सुरक्षा निकायहरुले स्पष्ट कित्ताकाट् गर्न बिलम्ब गर्नु हुँदैन।  राष्ट्रिय भूअखण्डता र निर्दोष हिरा जनताका रक्षा सेवा गर्ने कि? बिदेशी मालिकको ईशारामा चल्ने कथित् लेण्डुपेहरुको सरकारको भक्ति भर्ने? लेण्डुपेहरुका कारिन्दाहरुको चाकडीमा लिप्त हुने कि? निर्भय, स्वाभिमान्, स्वतन्त्र र नैतिकवान भएर आफ्नो सिपाही, संगठन र मातृभूमिको ईमान्दार रक्षा सेवा कल्याण गर्ने?

संक्रमणकालका निरीह संगठन प्रमुखहरुले गणतन्त्रका ती दलाल (जर्नेल) हरुलाई टुँडिखेलमा झुण्ड्याउने हिम्मत र कानूनी आड् पाएन।
वर्तमान सुरक्षा निकायहरु अभिभावकविहीन, दुविधायुक्त, अन्यौलग्रस्त छन्। गहिरो पीडा र छटपटीबाट गुज्रिरहेका छन्।

एउटा उद्देश्यहीन र गन्तव्यहीन हिजोको द्वन्द्वको घाउको पश्चाताप। दोश्रो, राष्ट्रिय अस्थिरता, अस्थायित्व, असुरक्षा, बेथिति, कुशासनको दर्द। तेश्रो, वैदेशिक हस्तक्षेप र रिमोट परिचालित शासनको मुकदर्शक साक्षी बस्नुपरेको बिरक्ति। चौथो राजनीतिकरण र राजनीतिक अपराधले संगठनलाई बिकृत कुरुप पारेको पीडा ।

सफल सहकार्यको अवसर

द्वन्द्व प्रयोजित र पराई राष्ट्रहरुको घातक नाटक मञ्चन थियो। पराईले दूरबाट निःशुल्क हेर्न सुन्न पाउने, नेपालीहरु दिउँसै आग्लो लगाएर बुईगलमा लुकेर बस्नुपर्ने यो नाटकमा सडकका बेवारिसे, बेरोजगार र असन्तुष्ट अल्लारे टाठाबाठालाई नेतृत्वरुपी लेण्डुपेमा भर्ती गरिएको थियो। प्रहरी, सशस्त्र हुँदै सेनाको व्यारेकभित्र द्वन्द्वको आगो दन्काउन बिदेशी मालिकहरुबाट प्राप्त आदेशलाई ती लेण्डुपेहरुले अक्षरश पालना गरेर भक्ति दर्शाएकै हुन्।

एउटा समय र बिन्दूमा सुरक्षा निकायहरुलाई युनिफाइड कमाण्डको छातामुनि गोलबद्ध हुने अपूर्व अवसर प्राप्त भयो। पंक्तिकारलाई बल्ल महशुस भयो सेनाबाहेकका सबै झन् बिश्वसनीय, दमदार, शक्तिशाली र बहादुर छाती भएका होनहार सुरक्षा संगठन रहेछन्। युनिफाइड फौजले आकासको तारा झार्यो। भाइभाइ बीच भावना र रगतको एकता भयो।

नेपालका सबै सुरक्षा निकायहरुको समन्वीकृत र एकीकृत एक ढिक्का फोर्सले जुनसुकै शक्ति राष्ट्रलाई पछाडि हुत्याउन, धकेल्न र लगार्न सक्दछ भन्ने दृढ अनुभव छ द्वन्द्वकालीन फिल्ड कमाण्डरको हैसियतमा यो पंक्तिकारको।

समयको माग

विकृत र दर्गन्धित बिगत्लाई चटक्क बिर्सेर सबै सुरक्षा निकायहरु एकढिक्का हुन जरुरी छ। सुपरग्लुको होइन, रगतको जडानले। मुलुक २०० लेण्डुपेहरुले क्वाप्प खाएको अवस्था छ। ती २०० लेण्डुपेहरुको चेनअफ कमाण्डमा राजधानी केन्द्रित ८ जना बडे लेण्डुपे र बडेलेण्डुपेको १ जना मालिकको बेलिबिस्तार पंक्तिकारले लगाउनै परेन।

अब सुरक्षा निकायहरुले स्पष्ट कित्ताकाट् गर्न बिलम्ब गर्नु हुँदैन।  राष्ट्रिय भूअखण्डता र निर्दोष हिरा जनताका रक्षा सेवा गर्ने कि? बिदेशी मालिकको ईशारामा चल्ने कथित् लेण्डुपेहरुको सरकारको भक्ति भर्ने? लेण्डुपेहरुका कारिन्दाहरुको चाकडीमा लिप्त हुने कि? निर्भय, स्वाभिमान्, स्वतन्त्र र नैतिकवान भएर आफ्नो सिपाही, संगठन र मातृभूमिको ईमान्दार रक्षा सेवा कल्याण गर्ने?

सुरक्षा निकायहरुलाई प्यार र प्रशंसा छल हो। देश विकास, सम्बृद्धि, सुख झन् ठूलो महाछल हो। विभाजन, बिखण्डन, समाप्ती षडयन्त्रकारीहरुको सत्य रोडम्याप हो। सबैलाई महाजाल छपक्क बिछ्याइसकिएको छ। महाजालमा फस्न बाँकी सेनामात्र हो। त्यसैले हरेक सरकारले सेनाको गला फुलाएर प्रशंसा गर्दछन्। त्यो पनि महाछल हो। एक्लो बचेर काम छैन। अरुलाई उद्धार गर्ने र बचाउने उसको धर्म हो।
प्रधानसेनापतिको सन्देश र अपेक्षा

तारे भिरको डिलमा पुगेर अस्तित्व रक्षाको गुहार मागिरहेको मुलुकलाई बर्तमान् प्रधानसेनापति बरदान हुन्। उनको निस्वार्थभाव, त्याग, तपस्या र गन्तव्यको सफा ऐना देखेर पंक्तिकारलाई लागेको छ उनले संगठन सुधार मात्र होइन मुलुकको बिकृति र फोहोर समेत सफाइ र जनउद्धार एवं राष्ट्रउद्धारको साहस गर्नेछन्।

बधाईका क्रममा नवनियुक्त सहकर्मीसँग उनले आफ्नो दर्द सेयर गरेको हुनुपर्दछ। तामा तुलसी छोएर प्रारम्भ गरेको भ्रष्टाचार निर्मुलको उनको पवित्र अभियानमा कसरी नेपालदेखि चीनसम्म बिचौलिया र दलालहरुले पूर्बसेटिङको व्यापार सेनाभित्र जबरजस्त छिराएर संगठनमा हिलो छ्यापे भन्ने पीडा सुनाएर सावधानी हुन आग्रह गरेको बुझ्न कठिन छैन। वास्तवमा उकुसमुकुस यो पीडा शेयर गर्ने खोई ठाउँ उनलाई?

संगठन अराजनीतिकरण राख्ने उनको संकल्प सफल भएको छ, र त्यसबाट व्यापक सम्मान तथा सन्तुष्टी कमाएका छन् उनले। सबै सुरक्षा निकाय लगायत निजामती प्रशासनले समेत हिम्मत र शुरुवात गरेभने सफलताको चुचुरोमा पुर्याउन हातेमालो गर्ने प्रबल ईच्छा छ उनमा। अर्को मन्त्रणा पक्का यही होला।

२ वर्षे सुक्ष्म अध्ययन र विश्लेषणबाट आफूले निकालेको संकटबाट गुज्रिरहेको राज्यको आशा र अपेक्षा सुरक्षा निकायहरुको तयारी, समन्वय र आपतकालीन भबितव्यको संकेत समयमा दिनु आफ्नो कर्तव्य ठानेको हुनसक्दछ उनले।

टीमबिल्डिङ र टीमवर्कको पहलता लिने र त्यसको जग आफैले बसाउने उनको अभिप्राय सुन्दर मात्र होइन समयसापेक्ष र महानसमेत छ।
आफै उपस्थित भएर प्रहरी प्रमुख लगायत सबै सुरक्षा निकाय प्रमुखहरुलाई जंगी अड्डामा स्वागतको निमन्त्रण दिएका हुन उनले। ठूल्दाईको हैसियतले सबै संगठनको सबलिकरण र शसक्तिकरणमा आफू योगदान र त्याग गर्न ईच्छुक र तत्पर रहेको प्रतिबद्धता व्यक्त नगर्ने कुरै आएन।

राष्ट्रिय कुटनीतिक सफलताको ढोका खोल्ने ताल्चाको खोजी र सहयोगी तथा जारी सीमा विवादको अन्त्य गर्ने उपायको खोजी र सहकार्य अर्को एजेण्डा हुन सक्दछ। बिपद व्यबस्थापनको तयारी समन्वय र सहकार्य जल्दोबल्दो एजेण्डा नै भयो।

पराकम्पन कि नयाँ भूकम्प

धेरैलाई भूकम्प ल्यायो प्रधानसेनापतिको यो सदासयताले। लोभ, पाप, जाल, कपट र परदेश सेवामा लिप्त लेण्डुपेहरुको सातो गयो। आत्मविश्वास गुमाएका जनतामारा राष्ट्रद्रोहीहरुको सातो गयो। थोरै सज्जनहरुले मात्र यो भेटलाई सामान्य र स्वभाविक भन्ठाने।

शुभ संकेत

जान्–अन्जान्, ज्ञात अज्ञात र बाध्यताबस् अग्रजले गरेको भूलको ऋण कसैले तिर्नैैपर्दछ। सुरक्षा निकायहरु शीघ्र निर्मलीकरण, सुदृढिकरण र सबलिकरण हुन जरुरी छ। सुरक्षा निकायहरु सक्षम र सशक्त भई एक ढिक्का भए भने मुलुकको छिटो बिकास र रक्षा हुनेछ।

सशक्तिकरणको लागि सरकारको आदेश निर्देशन कुर्नु व्यर्थ छ। त्यसले झन्झन् गहिरो भडखालोमा हाल्ने हो। तसर्थ, अब आफू छिटो सच्चिने हो र खाल्डोमा हाल्ने त्यो परनिर्भर सरकारलाई समेत सच्चाउने सुधार्ने हो। अमेरिकामा सेनाले राष्ट्रपतिलाई सच्चिन बाध्य बनाएजस्तै।

धेरैलाई भूकम्प ल्यायो प्रधानसेनापतिको यो सदासयताले। लोभ, पाप, जाल, कपट र परदेश सेवामा लिप्त लेण्डुपेहरुको सातो गयो। आत्मविश्वास गुमाएका जनतामारा राष्ट्रद्रोहीहरुको सातो गयो। थोरै सज्जनहरुले मात्र यो भेटलाई सामान्य र स्वभाविक भन्ठाने।

सुरक्षा निकायहरुको भावनात्मक एकता मातृभूमि र जनताको जोडदार माग हो। राष्ट्रिय बिकृति र निर्लज्जता छोप्ने गैंडाको जस्तो बाक्लो छाला हो। राजनीतिक नेतृत्वलाई ठीक ठाउँमा राख्दै ठीक दिशा र बाटोबाट गन्तव्यमा पुर्याउने दवाबमूलक निर्देशन हो। सुशासन मागेको दरो ईशारा हो। बिदेशी मालिक होइन, नेपाली जनतालाई शिरमा राखेर डेलिभरी देउ भन्ने सन्देश पनि हो। सपथग्रहणको हरेक पलपलमा हेक्का राख भन्ने खबरदारी हो।

राष्ट्रिय सुरक्षा परिषदलाई भिटामिन खुवाएर आन्तरिक सुरक्षा सुदृढ गर्न राष्ट्रिय इण्टेलिजेन्स र काउण्टर ईण्टेलिजेन्स मजबुत गर्ने संकल्प पनि हो। आत्मनिर्भरता र स्वाबलम्बनको गहिरो आवश्यकता महशुुस र तीब्र इच्छा पनि हो।

प्रधानसेनापति सशस्त्रबल मुख्यालय पनि जानुपर्दछ। सीमा सुरक्षा पहलता र योगदानको कदर गर्नुपर्दछ। एनआईडी हेडक्वार्टर गएर शुभकामना दिनुपर्दछ। गर्बिलो इतिहास बनाएका सबै सुरक्षा निकायहरुलाई अत्याधुनिक हातहतियार, सामग्री र श्रोतसाधनले सुसज्जित गर्न सेनापतिले इमान्दार योगदान गर्नुपर्दछ।

सेनापतिको पहलता त्यसको शुभसंकेत हो। सबै फौजप्रिय सबै सुरक्षा निकायका सकल दर्जाले अत्यधिक तारिफ गरेको ज्यादै लोकप्रिय यस्तो भ्रमणले भविश्यमा निरन्तरता पाउनुपर्दछ। हरेक महिना सबै सुरक्षा निकाय प्रमुखहरु पालैपालो सबै संगठनका मुख्यालयमा जम्मा हुने परिपाटीले अन्ततोगत्वा राष्ट्रिय हित, राष्ट्रिय सुरक्षा र राष्ट्रिय एकताको पक्षपोषण गर्दछ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो