कुवेतमा बस्दाबस्दै ढलेका नेपालीको तत्कालै मृत्यु

डिसी नेपाल
३१ असार २०७७ १०:३२

कुवेत । रोजगारीको लागि कुवेत आएका एक नेपालीको ज्यान गएको छ । विगत १६ वर्षदेखि कुवेतमा कार्यरत पोखराका ५१ वर्षीय प्रेम कुमार गुरुङको मंगलबार बिहान ज्यान गएको हो ।

गुरुङ कुवेतको अल मिश्रीफ कार वास कम्पनीमा सवारी चालकको रुपमा कार्यरत थिए । उनी मंगलबार बिहान खाजा खाएर बसेकै ठाउँमा ढलेका थिए । एक्कासी ढलेपछि एम्बुलेन्स बोलाएर उनलाई अस्पताल पुर्याइएको थियो । केहीबेरमै अस्पतालले उनको मृत्यु भैसकेकोे घोषणा गरेको थियो ।

सहकर्मीका अनुसार मंगलबार बिहान करिब ८ बजे खाजा खाएर बसेकै ठाउँमा ढलेका थिए । उनी रक्तचापको बिरामी रहेको बुझिएको छ ।

घटनाको प्रकृतीको आधारमा उनको मृत्युको कारण हृदयघात हुनसक्ने अनुमान गरिएको छ । यद्यपि पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै मृत्युको यकिन कारण खुल्ने कुवेतस्थित नेपाली दूतावासले जनाएको छ ।

मृतक गुरुङको घरमा श्रीमती र एक छोरा छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *