कतारका जेल तथा डिटेन्सन सेन्टरमा रहेका ८ महिलासहित १४२ नेपाली स्वदेश फिर्ता

डिसी नेपाल
३१ असार २०७७ १९:१०

काठमाडौँ । कतारका जेल तथा डिटेन्सन सेन्टर केन्द्रहरुमा रहेका १४२ बुधबार नेपाली स्वदेश फिर्ता भएका छन्।

कतारका कारागारहरूमा विभिन्न अभियोगमा सजाय भुक्तान गर्ने क्रममा आममाफी पाएका र कतारको विभिन्न कानून उल्लंघनको कसुरमा नेपाल फिर्ताको प्रक्रियामा डिटेन्सन सेन्टरमा राखिएका ८ महिलासहित १४२ जना नेपाली स्वदेश फर्किएको दोहास्थित नेपाली दूतावासका द्वित्तिय सचिव प्रवीण भट्टराइले डिसी नेपाललाई जानकारी दिए।

उनीहरुलाई कतारले आफ्नै खर्चमा नेपाल ल्याइदिएको हो। उनीहरुलाई फर्काउन कतार सरकारले कतार एयरवेजको चार्टर्ड उडान गराइदिएको थियो।

उनीहरुको स्वदेश फिर्ताका लागि कतार सरकार र नेपालका विभिन्न निकायहरुसँग दूतावासले समन्वय र सहजिकरण गरेको थियो।

कोरोनाको संक्रमण बढ्दै गएपछि कतारले आममाफी पाएका, विभिन्न अभियोगमा बन्दी जीवन बिताएका र कतारको डिटेन्सन सेन्टरमा रहेकाहरूलाई डिपोर्ट गरिरहेको छ।

यसअघि पनि कतारले कतार एरवेजका २ वटा चार्टर्ड जहाज प्रयोग गरेर २०४ जना नेपालीलाई काठमाडौँ ल्याएर छाडिदिएको थियो। १९ जुनमा ४३ जना र ८ जुलाइमा १६१ जना नेपालीहरुलाई स्वदेश पठाइदिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *