‘सक्किगोनी’का जिग्रीले जन्मदिन मनाउने पैसाले दुबईमा अलपत्र परेकी युवतीको उद्धार गर्ने
काठमाडौँ । कलाकार कुमार कट्टेल (जिग्री) ले दुबईमा अलपत्र परेकी एक नेपाली युवतीको उद्धार गर्ने भएका छन् । उनले आज (आइतबार) परेको जन्मदिन मनाउने खर्चले अलपत्र युवतीको उद्धार गर्ने घोषणा गरेका हुन् ।
झापा घर भएकी एक युवती दलालमार्फत भारतको बाटो हुँदै दुबइ पुगेर अलपत्र परेको र पीडामा रहेको जानकारी पाएपछि कट्टेलले उनलाई उद्धार गर्ने घोषणा गरेका हुन् ।
‘नेपालबाट विभिन्न देशमा जानु भएका थुप्रै नेपालीहरु लकडाउनको कारण दुःख , अभाव र पीडामा हुनुहुन्छ । एक जना नेपाली चेली दलालमार्फत भारतको बाटो हुँदै दुबर्इ पुगेर अलपत्र र अत्यन्तै पीडामा रहेको जानकारी पाएँ,’ उनले फेसबुकमा लेखेका छन्, ‘मैले मेरो जन्मदिन खुशियाली साथ मनाउनुको सट्टा उक्त दुखमा रहनु भएकी नेपाली चेलीलाई दुबईबाट नेपाल फर्कने प्लेन टिकेटको खर्च ब्यहोर्ने निर्णय गरेको छु ।’
उनले विषम परिस्थितिमा समस्यामा परेका नेपालीहरुलाई पीडामा आफूले सकेको सहयोग गर्न आह्वान समेत गरेका छन् ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment