के कोरोनाभाइरस लामखुट्टेबाट सर्छ?

डिसी नेपाल
४ साउन २०७७ २०:२५

काठमाडौं । वैज्ञानिकले कोरोना भाइरस लामखुट्टेबाट कोरोना नसर्ने बताएका छन्। साईन्टिफक रिपोर्ट्स नामक खोज पत्रिकामा प्रकाशित अध्ययनमा कोरोना लामखुठट्टेको माध्यमबाट मानिसमा नसर्ने बताइएको छ।

यो अध्ययनको परिणामपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को दाबी बलियो बनेको छ। डब्ल्यूएचओले यो भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा लामखुट्टेको टोकाईबाट नसर्ने बताएको थियो। तर प्रमाण नभएको कारण यो कुराको पुष्टि हुन सकेको थिएन।

अमेरिकाको कंसास स्टेट विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले डब्ल्यूएचओको भनाईमा आफूहरुले अध्ययन गरेको र उक्त दाबी पुष्टि गर्ने पहिलोपटक प्रमाण प्रस्तुत गरेको बताएका छन्।

अध्ययनका अनुसार कोरोना भाइरस लामखुट्टेका तीन प्रजातीले फैलाउन सक्दैन। सोही कारण यो भाइरस लामखुट्टेबाट नसर्ने बताइएकाे छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *